५५२
Shares१२ साउन,२०८०। काठमाडौं काठमाडौंको चन्द्रागिरी नगरपालिकामा गाडी दुर्घटना हुँदा दुइ जनाको घटनास्थलमै मृत्यु भएको छ । चन्द्रागिरीको पानीघाटनमा मारुती भ्यान दुर्घटना हुँदा चालक सिन्धुलीका २० वर्षीय नवराज थोकर र यात्रु काभ्रेका ४५ वर्षका अनिल तामाङको मृत्यु भएको जिल्ला प्रहरी परीसर काठमाडौंका डिएसपी नारायण अधिकारीले जानकारी दिनुभयो । काठमाडौं बाट मकवानपुको चित्लाङ जादै गरेको बा १० च ३५४६ नम्बरको सुजुकी भ्यानमा सवार अन्य तीन जना यात्रु सकुशल रहेको प्रहरीले जनाएको छ । गाडी भीरबाट तल खसेको अधिकारीले जानकारी दिनु भयो।