५०२
Shares५ साउन २०८० थाक्रे एकीकृत सामुदयिक विकास अभियान नेपालले एक्सनएड्को सहयोगमा धादिङ जिल्ला थाक्रे गाउँपालिकामा सञ्चालित स्थानीय अधिकार कार्यक्रम(LRP) मार्फत थाक्रे गाउँपालिकाको वडा नंं. १ देखि ८ सम्म गुणस्तरीय शिक्षा, जीविकोपार्जन, विपद र हिंसा लाई मुख्य बिषय बनाएर काम गर्दछ । बिशेषत सरकारी विद्यालयमा हुने ढिलासुस्ती, सामाजिक लेखापरीक्षण, विद्यालय सुधार योजना, शिक्षक तालिमको अभाव, शैक्षिक सामाग्रीको अभाव, भएको शैक्षिक सामाग्रीको प्रयोग नहुनु, प्रभावकारी शिक्षण नगर्नु लयागतका कारणले शिक्षामा गुणस्तर नहुनु, दैनिकी आधारभुत आवश्यकता जोहो गर्न नसक्ने, साथै केहि महिना मात्रै खाना पुग्ने विपन्न लक्षित समुह लाई जीविकोपार्जनमा सहयोग हुने किसीमको क्रियाकलापहरु सञ्चालन गर्ने, हुने विभिन्न विपद जोखिम लाई न्यूनीकरण गर्न पहल गर्ने क्रियाकलापहरु सञ्चालन गर्ने र विभिन्न हिंसाहरु लाई न्यूनीकरण गर्न पहल गर्ने किसीमका कार्यक्रमहरु सञ्चालन गर्ने उद्धेश्यका साथ यो परियोजना कार्यन्वयन हुदै छ ।
यो कार्यक्रम अन्तर्गत थाक्रे गाउँपालिका वडा नं. १ देखि ८ का माध्यमिक बिद्यालयका बालक्लबका प्रतिनिधीहरुका लागि आधारभूत प्राथमिक उपचार / (First-aid) तालीम ५ दिन २०८० श्रावण १ देखि ५ गते (जुलाई १७ देखि २१, २०२३) सम्म थाक्रे गाउँपालिका वडा नं. ६, महादेबबेशींमा सम्पन्न भएको छ । एकीकृत सामुदयिक विकास अभियान ९क्ष्ऋम्ऋ० नेपाल र एक्सनएड्को ९ब्अतष्यल(ब्ष्म० नेपालको सहयोगमा सञ्चालित स्थानीय अधिकार कार्यक्रम / (First-aid) को आयोजना, नेपाल रेडक्रस सोसाईटी धादिङ शाखाको प्राविधिक सहयोगमा नेपाल रेडक्रस सोसाईटी धादिङ शाखाका सिमोलेटर एवं प्रशिक्षक कृष्ण प्रसाद अधिकारी र स्थानीय अधिकार कार्यक्रम (LRP) कार्यक्रम संयोजक रमेश अधिकारीले सहजीकरण गर्नुभएको थियो ।
थाक्रे गाउँपालिका वडा नं. १ देखि ८ सम्मका माध्यमिक विद्यालयका २६ जना सहभागी रहेको तालीमको पाचौँ दिन अर्थात् आज सम्पन्न भएको समापन कार्यक्रमम एकीकृत सामुदयिक विकास अभियान (ICDC) नेपालका सह सचिव पंफा मगरातीको अध्यक्षतामा, क्ष्ऋम्ऋ नेपालका कार्यक्रम ब्यवस्थापक विनोद रिजाल, महादेबबेशी स्वास्थ्यचौकीका डा. ममता अधिकारी, लितीमहांकाल माबिका शिक्षक हरि प्रसाद अर्यालको आतिथ्यता रहेको थियो । उक्त कार्यक्रम स्थानीय अधिकार कार्यक्रम ९ीच्ए० कार्यक्रम अधिकृत दिल वहादुर रम्तेलले सञ्चालन गर्नुभएको थियो ।
“एकीकृत सामुदयिक विकास अभियान (ICDC) नेपाल संग यस्ता धेरै कार्यक्रमहरु रहेको निरन्तर सहकार्य गरी काम गर्ने यो सिकाई लाई यहाँहरुले आफ्नो कार्यक्षेत्रमा गई काम गर्ने अपेक्षा रहेको (ICDC) नेपालका कार्यक्रम ब्यवस्थापक विनोद रिजालले वताउनु भयो ।”
“मैले ५ बर्ष अध्ययन गरेको विषयको आधारभुत कुरा यहाँहरुले ५ दिनमा सिकी सहभागीहरुले देखाउनुभएको डेमो हेर्दा सानो सहयोगले मानिसको जीवन बचाउने यो तालीम सञ्चालन गर्नुभएकोमा (ICDC) नेपाल लाई धेरै धन्यवाद । यस्ता कार्यहरुमा स्वास्थ्यचौकीको तर्फबाट गर्न सकिने सहयोग निरन्तर हुने जानकारी महादेबबेशी स्वास्थ्यचौकीका डा. ममता अधिकारी गराउनु भयो । ”
एकीकृत सामुदयिक विकास अभियान (ICDC) नेपालका सह सचिव पंफा मगरातीले संस्थाले स्थानीय अधिकार कार्यक्रम (LRP) थाक्रे गाउँपालिका कार्यन्वन गरी लामो समय काम गर्ने गरी यस्ता क्रियमकालपहरु सञ्चालन गरिरहेको छ । जुन सिकाई आ आफनो विद्यालयमा कार्यन्वयन गर्ने अपेक्षा रहेको र तालीमको सिकाईलाई निरन्तर दिन अनुरोध समेत गर्नुभएको एकीकृत सामुदायिक विकास अभियान (ICDC) नेपाल, स्थानीय अधिकार कार्यक्रम (LRP) कार्यक्रम अधिकृत दिल वहादुर रम्तेलले टोल टोलको खबर डट कम लाइ जानकारी दिनु भयो।