FLASH NEWS

थाक्रे गाउँपालिकाको सामाजिक सुरक्षा परिचयपत्र नवीकरण सम्बन्धी अत्यन्त जरुरी सूचना

  • टोलटोलको खबर
  • समाज
  • प्रकाशित मिति:
  • २०८० अषाढ ३१, आईतबार (१ साल अघि)
  • ३२४

    Shares

थाक्रे गाउँपालिकाको सामाजिक सुरक्षा परिचयपत्र नवीकरण सम्बन्धी अत्यन्त जरुरी सूचना

सामाजिक सुरक्षा परिचयपत्र नवीकरण सम्बन्धी अत्यन्त जरुरी सूचना  

सामाजिक सुरक्षा नियमावली, २०७६ को नियम ९ र समाजिक सुरक्षा भत्ता वितरण कार्यविधि, २०७७ को दफा ४ को उपदफा (१) मा सामाजिक सुरक्षा परिचयपत्र नवीकरण गर्नुपर्ने व्यवस्था भए बमोजिम यस गाउँपालिकाका ११ वटै वडाहरुमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुले सम्बन्धित वडा कार्यालयमा उपस्थित भै तोकिएको ढाँचामा निवेदन दिई २०८० श्रावण १ गते देखि भाद्र मसान्त भित्र अनिवार्य रुपमा आफ्नो सामाजिक सुरक्षा परिचयपत्र नवीकरण गराउनुहुन सूचित गरिन्छ । नवीकरण भाद्र मसान्त भित्र नभएका लाभग्राहीको लगत कट्टा हुने प्रावधान समेत रहेको हुँदा सोही अनुरुप गर्नु गराउनु हुन यो सुचना प्रकाशित गरिएको छ । साथै आफै उपस्थित हुन नसक्ने व्यक्तिको हकमा निजको आमा, बाबु, संरक्षक, माथवर वा स्याहार सुसार गर्ने व्यक्तिले नाता खुल्ने प्रमाण सहित नविकरण निवेदन दिन सक्ने व्यहोरा जानकारी गराईन्छ ।
सामाजिक सुरक्षा परिचयपत्र नविकरण गर्न आउँदा ल्याउनुपर्ने कागजातहरु
• नागारिकता प्रमाण
•सक्कलै सामाजिक सुरक्षा परिचयपत्र
•बालवालिका संरक्षक बाबु वा आमाको नागारिकताको प्रतिलिपि ।
आफै उपस्थित हुन नसक्ने व्यक्तिको हकमा नाता खुल्ने प्रमाण
•अपाङगता भएको व्यक्तिको हकमा गाउँपालिकाबाट जारी भएको अपाङ्गता परिचयपत्रको प्रतिलिपि तथा संरक्षकको नागारिकता प्रमाणपत्रको प्रतिलिपि (साविक महिला तथा बालबालिका कार्यालय वा गाविसले बनाएको अपाङगता परिचयपत्र मान्य हुनेछैन )
नोट : तोकिएको समयमा सामाजिक सरक्षा परिचयपत्र नविकरण नगराएमा सामाजिक सरक्षा भत्तावाट बन्चित रहने जानकारी गराइन्छ ।
बोधार्थः
१) श्री सम्पुर्ण वडा कार्यालय: आवश्यक समन्वयको लागि ।
फोन न. ०१०४१५०९८ । ईमेल: [email protected] | वेवसाईट: www.thakremun.gov.np

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस