FLASH NEWS

धादिङमा डेंगुका बिरामी बढ्दै, आज मात्रै १६ जना थपिए

  • टोलटोलको खबर
  • स्वास्थ्य
  • प्रकाशित मिति:
  • २०८० अषाढ ३०, शनिबार (१ साल अघि)
  • २८४

    Shares

धादिङमा डेंगुका बिरामी बढ्दै, आज मात्रै १६ जना थपिए

२९ असार, २०८० पवित्रा थापा मगर, धादिङ।
धादिङमा केहि दिन यता डेंगु संक्रमण हुनेको संख्या बढ्दै जान थालेको छ।
शनिबार मात्रै १६ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।
संक्रमितमध्ये नीलकण्ठ नगरपालिकाका १३ जना र सिद्धलेक,ज्वालामुखी र त्रिपुरासुन्दरीका १/१ जना रहेका छन्।
यो संगै जिल्लामा संक्रमित हुनेको संख्या २ हजार ८सय १८ जना पुगेको छ। जस मध्ये १ हजार ४ सय ३७ जना पुरुष र १ हजार २ सय ७० महिला रहेका छन् भने १ सय २ जना ठेगाना नखुलेको र ९ जना अन्य जिल्लाका रहेका छन् ।
संक्रमित हुने मध्ये नीलकण्ठ नगरपालिकामा सबैभन्दा धेरै १ हजार ८३७ जना संक्रमित भएका छन् भने सबैभन्दा कम खनियाबास गाउँपालिकाका ८ जनामा संक्रमण पुष्टि भएको छ ।
गजुरीमा १२० र त्रिपुरासुन्दरीमा ८४, ज्वालामुखीमा १सय ८, धुनिबेशीमा ९४, गल्छीमा १३२, सिद्धलेकमा ९६, बेनिघाट रोराङमा १३९, गंगाजमुनामा ३५ थाक्रेमा १८, रुवीभ्यालीमा २०, नेत्रावती डवजोङमा १६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङको तथ्याङ्कमा रहेको छ। यो तथ्याङ्क चालु आर्थिक बर्षको २०७९ साउन १ देखी २०८० असार ३० गतेसम्मको हो।
जिल्लामा डेंगुको संक्रमण बढे संगै सरोकारवाला निकायहरुले डेंगु रोग सम्बन्धि सचेतना तथा खोज र नष्ट गर्ने अभियान थालेका छन्।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस