FLASH NEWS

आज,धेरै ठाउँमा हल्कादेखि मध्यम पानी पर्ने सम्भावना

  • टोलटोलको खबर
  • समाचार
  • प्रकाशित मिति:
  • २०८० अषाढ २८, बिहिबार (१ साल अघि)
  • १४२

    Shares

आज,धेरै ठाउँमा हल्कादेखि मध्यम पानी पर्ने सम्भावना

२८ असार,२०८०        देशका बिभिन्न स्थानमा आज, भोलि र पर्सि तीन दिनसम्म पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् प्रतिभा मानन्धरका अनुसार धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा हुनेछ भने केही ठाउँमा ठूलो वर्षाको अनुमान गरिएको छ ।

बाग्मती कोशी, मधेस र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने उहाँले बताउनुभयो । अन्य ठाउँमा भने हल्कादेखि मध्यम वर्षा हुने उहाँको भनाइ छ ।
पानी पर्ने सम्भावना भएकाले बाढी पहिरोको जोखिम रहेकाले भिरालो जमिन र नदी आसपासका क्षेत्रमा बस्नेलाई विशेष सावधानी अपनाउन गरिएको छ ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस