FLASH NEWS

केहि जिल्लामा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

  • टोलटोलको खबर
  • समाचार
  • प्रकाशित मिति:
  • २०८० अषाढ १९, मंगलबार (१ साल अघि)
  • ११४

    Shares

केहि जिल्लामा भारी वर्षा, सतर्कता अपनाउन  आग्रह

१९ असार,२०८०।     बाढी पूर्वानुमान महाशाखाले मध्य नेपालका केही जिल्लामा राति भारि वर्षा भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ।
स्याङ्जा, तनहुँ, पाल्पा, गुल्मी, अर्घाखाँची, रूपन्देही, कपिलवस्तु र दाङलगाएत आसपासका क्षेत्रमा पछिल्लो केही घण्टा भारी वर्षा भएको महाशाखाले जनाएको छ ।
महाशाखाले यी स्थानका खहरे खोलामा आकस्मिक बाढी आउनुका साथै पहाडका कमजोर भिरालो जमिनमा पहिरोको जोखिम रहेको समेत जनाएको छ। यात्रा गर्दा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
यस्तै देशका अन्य स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार केही स्थानमा भारी र कतै भारी वर्षा भइरहेको छ । धादिङ ,काठमाडौं लगाएतका जिल्लाहरुमा पनि गएराति देखि नै वर्षा भइरहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
कोशी र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ। तराईका केही भू–भागमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस