१७३
Sharesफाइल फोटो
१७ असार ,२०८० । बाराको निजगढ र यसका आसपासको क्षेत्रमा ठूलो पानी परेको छ ।
बाढी पूर्वानुमान महाशाखाले सूचना निकालेर बाराको निजगढ लगाएतको क्षेत्रमा पछिल्लो ३ घण्टा ठूलो पानी परेको र अझै ठूलो पानी पर्ने सम्भावना रहेकाले बाढी आउँ सक्ने चेतावनी दिएको छ ।
बकैया नदी र त्यस क्षेत्र भइ बहने साना नदी तथा खोलामा आकस्मिक बाढी आउन सक्ने भएकाले तटीय तथा डुबान भइरहने होचा क्षेत्रमा बेलुकासम्म नै सतर्कता अपनाउन महाशाखाले आग्रह छ ।
त्यस्तै, संखुवासभा, ईलाम, झापा, पाचँथर,मकवानपुर, र पर्साका नदी तथा खोलामा पनि बाढी आउन सक्ने भन्दै सचेत रहन आग्रह गरिएको छ ।