FLASH NEWS

गल्छी ६ बैरेनीमा अनुभब आदानप्रदान तथा कार्यशाला गोस्टी कार्यक्रम सम्पन्न

  • टोलटोलको खबर
  • समाचार
  • प्रकाशित मिति:
  • २०८० अषाढ १३, बुधबार (१ साल अघि)
  • ९३०

    Shares

गल्छी ६ बैरेनीमा अनुभब आदानप्रदान तथा कार्यशाला गोस्टी कार्यक्रम सम्पन्न

१३ असार,२०८० गल्छी।        धादिङको गल्छी ६ बैरेनीमा अनुभब आदानप्रदान तथा कार्यशाला गोस्टी कार्यक्रम सम्पन्न भएको छ । रिम्स नेपाल र आड्रा नेपालको साझेदारीमा संचालित फोस्टर दोस्रो परियोजनाको अनुभब आदानप्रदान तथा कार्यशाला गोस्टी कार्यक्रम सम्पन्न भएको हो। बिगत ६ बर्ष देखि धुनिबेशी नगरपालिका, थाक्रे गाउपालिका ,गल्छी गाउपालिका र गजुरी गाउपालिकामा संचालन हुदै आइरहेको परियोजनाको समूह स्थानिय तहलाइ हस्तान्तरण गर्दै अहिले सम्म भएको गतिविधि बारे छलफल भएको थियो।

रिम्स नेपालका कार्यकारी निर्देशक रविन्द्र श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा गल्छी गाउपालिकाका अध्यक्ष केदार नाथ खतिवडा ,गजुरी गाउपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठ ,थाक्रे गाउपालिकाका उपाध्यक्ष यन्त्र बहादुर थापा , गल्छी गाउपालिकाका उपाध्यक्ष भाइकाजी तिवारी , गजुरी गाउपालिकाका उपाध्यक्ष शर्मिला विसुराल , रिम्स नेपालका झमक खड्का ,थाक्रे गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर बराल , आड्रा नेपालका कार्यक्रम अधिकृत पल्ली चौधरी , फ़ोस्टर परियोजना संयोजक सरोज पन्त ,फ़ोस्टर परियोजनाका वित्त अधिकृत सम्झना श्रेष्ठ ,बिभिन्न वडाका वडा अध्यक्षहरु ,रिमा नेपाल र आड्रा नेपालका कर्मचारीहरु , थाक्रे ,धुनिबेशी ,गल्छी र गजुरीको कृषि र पशु सेवा साखाका प्रमुख तथा प्रतिनिधि, कृषक लागाएतको सहभागिता रहेको थियो।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस