FLASH NEWS

धुनिवेशी नगरपालिकाद्धारा करिब ८२ करोड रुपैँयाको बजेट विनियोजन

  • टोलटोलको खबर
  • समाचार
  • प्रकाशित मिति:
  • २०८० अषाढ ११, सोमबार (१ साल अघि)
  • १०४

    Shares

धुनिवेशी नगरपालिकाद्धारा करिब ८२ करोड रुपैँयाको बजेट विनियोजन

धुनिवेशी ।      धादिङको धुनिवेशी नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि करिब ८२ करोड रुपैँया बराबरको बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको लागि नगरपालिकाले ८१ करोड ८९ लाख ८३ हजार रुपैँयाको बजेट विनियोजन गरेको नगरप्रमुख बालकृष्ण आचार्यले जानकारी दिनुभयो ।
अधिवेशनमा उपप्रमुख सुरज उप्रतीले चालु खर्च र पूजिगत तर्फको बजेट प्रस्तुत गर्नुभएको छ ।
नगरसभाले आगामी आर्थिक वर्षका लागि आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, वन वातावरण तथा विपद् व्यवस्थापन, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र, न्यायिक समिति लगायतका शीर्षकमा बजेट विनियोजन गरेको छ ।
बजेट प्रस्तुत गर्नुपूर्व नगरप्रमुख बालकृष्ण आचार्यले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। नगरसभाले नगरप्रमुख आचार्यद्धारा प्रस्तुत नीति तथा कार्यक्रम, उपप्रमुख उप्रतीले प्रस्तुत गर्नुभएको बजेट र विनियोजन विधेयक सर्वसम्मतले पास गरिएको छ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस