FLASH NEWS

थाक्रे गाउँपालिकाद्धारा आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत

  • टोलटोलको खबर
  • समाचार
  • प्रकाशित मिति:
  • २०८० अषाढ ११, सोमबार (१ साल अघि)
  • १७९

    Shares

थाक्रे गाउँपालिकाद्धारा आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत

थाक्रे ।     धादिङ थाक्रे गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम सार्वजानिक गरेको छ । आईतबार थाक्रे गाउँपालिकाले नीति तथा कार्यक्रम सार्वजानिक गरेको हो ।

नीति तथा कार्यक्रममा मूख्य १६ वटा क्षेत्रहरुलाइ समेटिएको छ । आर्थिक वर्ष २०८०/ ०८१ को नीति तथा कार्यक्रमका प्राथमिकताका क्षेत्रहरु कृषिको आधुनिकीकरण, व्यवसायिकरण, बजारीकरण, कृषि उत्पादन एवम् उत्पादकत्व अभिवृद्धि मार्फत खाद्य सुरक्षाको प्रत्याभूति, शीघ्र प्रतिफल प्राप्त हुने रणनीतिक महत्वका पूर्वाधार निर्माण सड्क सुधार, सबै प्रकारका विभेद र असमानताको अन्त्य, समन्यायिक विकास र विकासका प्रतिफलको न्यायपूर्ण वितरण , जीवनपयोगी एवम् सीपयुक्त शिक्षामा लगानी,गुणस्तर तथा सर्वसुलभ स्वास्थ्य सेवामा सुधार,सूचना प्रविधि तथा संञ्चारमा विकास, जनताको जीवनस्तर, आम्दानी र रोजगारीमा अभिवृद्धी,विपद् व्यवस्थापन , दिगो विकास वातावरणीय संरक्षण तथा सम्बद्र्धन, भष्ट्राचार नियन्त्रण, सुशासन र सेवा प्रवाहमा प्रभावकारीता, लैगिक समानता र सामाजिक समावेशीकरण, पर्यटन पुर्वाधार तथा संस्कृति प्रवद्र्धन र मानसिक स्वास्थ्य, योग, प्राकृतिक चिकित्सामा जोड लगायतका रहेका छन् ।347244326_652952423544667_6495889134065457186_n.jpg
सभामा थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यले नीति तथा कार्यक्रम पेश गर्नु भएको थियो भने । थाक्रेको गणिशेचौरमा मदन भण्डारी महाविद्यालयको निर्माण लाई निरन्तरता दिएको छ ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस