FLASH NEWS

धुनिबेशी ५मा रहेको सडक पिच हुदै , १३ वटा सडकहरुको संजाल जोडिदैछ मेयरआचार्य (भिडियो सहित )

  • टोलटोलको खबर
  • समाज
  • प्रकाशित मिति:
  • २०८० अषाढ ४, सोमबार (१ साल अघि)
  • ५५३

    Shares

धुनिबेशी ५मा रहेको सडक पिच हुदै , १३ वटा सडकहरुको संजाल जोडिदैछ मेयरआचार्य (भिडियो सहित )

४ असार २०८० धार्के धुनिबेशी नगरपालिका ५ मा रहेको सडक पिच भैरहेको छ। धार्के सुवारा गोरखनाथ मन्दिर हुदै जिवनपुर जोड्ने सडक धुनिबेशी नगरपालिका र प्रदेश सरकारको समपुरक बजेट बाट ७ सय ५० मिटर ग्रामिण सडक पिच र करिब १ सय मिटर ढलान गरिएको हो ।


धुनिबेशी नगरपालिकाको चक्रपथको रुपमा निर्माण गरिएको बाटो मध्ये पश्चिमा पटि रहेको यो सडकलाइ पनि स्तरउन्नति गर्दै पिच गरिएको धुनिबेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्यले बताउनु भयो। धुनिबेशी नगरपालिकामा २ सय १३ वटा सडकहरु रहेको र त्यस मध्ये बस संचालन गर्नको लागि मुख्य १३ वटा सडकहरुको संजाल जोडिने गरि सडकको विस्तार गरिएको र नगर बसको लागि रुटको योजना अनुसार यो धार्के सुवारा गोरखनाथ मन्दिर हुदै जिवनपुर जोड्ने सडकलाइ पनि पिच गरिएको आचार्यको भनाइ छ।

गएको बर्ष पनि १ सय ५० मिटर ढलान भैसकेको र यसलाई निरन्तरतामा राखेर नुवाकोटको बेलकोट गढि नगरपालिका सम्म जोड्नुको साथै नगरपालिकाको केन्द्रबाट नगर बस संचालन गर्दा चक्रपथको रुपमा रहने गरि निर्माण भैरहेको आचार्यको भनाइ छ। यो बाटो गोरखनाथ धाम कोटाकि कालिका बच्छाला देवी लागाएतको मन्दिरहरुमा जान सकिने पर्यटकिय रुट पनि रहेकोले सडक संजाल जोड्ने गरि सडक निर्माण भैरहेको आचार्यले बताउनु भयो।
भिडियो हेनुहोस।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस