३३
Sharesआज पनि पूर्वी क्षेत्रमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।आज कोशी प्रदेशका पहाडी क्षेत्रमा वर्षाको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । गएराति बाग्मती प्रदेश सहित बिभिन्न प्रदेशका केही ठाउँमा ठूलो वर्षा भएको थियो ।
ठूलो वर्षाका कारण ताप्लेजुङको काबेली खोलामा पानीको सतह बढिरहेको छ । आज गण्डकी र बाग्मती प्रदेशमा हल्कादेखि मध्यम खालको वर्षाको अनुमान गरिएको मौसमविद्ले बताएका छन् ।