१८३
Sharesहेटौंडा । बागमती प्रदेशको बजेट ६२ अर्ब ७० करोड ९० लाख रुपैयाँ रहेको छ । आगामी आर्थिक वष २०८०–०८१ का लागि बागमती प्रदेश सरकारले ६२ अर्ब भन्दा बढी रकमको बजेट ल्याएको हो । प्रदेश सरकारले ११ वटा मन्त्रालय मार्फत खर्च गर्नेगरी यो बजेट ल्याएको हो ।
बागमती प्रदेशको भौतिक मन्त्रालयका लागि २१ अर्ब ६६ करोडको बजेट छुट्याइएको छ । आगामी आर्थिक बर्षका लागि प्रदेशका ११ वटा मन्त्रालय मध्यमा सबै भन्दा धेरै भौतिक मन्त्रालयका २१ अर्ब रुपैयाँ भन्दा बडी बजेट छुट्याइएको हो ।
हेटौंडाको कर्रा करिडोरका लागि १५ करोड बजेट बिनियोजन गरिएको छ । बागमती प्रदेश सरकारले आज संसदमा बजेट प्रस्तुत गदै आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामाले यस्तो बताउनुभएको हो । बागमती प्रदेशको सामाजिक बिकास मन्त्रालयको लागि ४ अर्ब रुपैयाँ बजेट बिनियोजित गरिएको छ ।
जनता आवास कार्यक्रमलाई आउँदो आर्थिक वर्षमा पनि बजेट छुट्याइएको छ । शहरी तथा सहरउन्मुख क्षेत्रमा सडक, फुटपा, साइकल लेन, बिरुवा रोप्ने काम गर्नेगरी बजेट बिनियोजना गरिएको छ । बागमती प्रदेश सरकारले स्थानीय तहलाई अनुदान स्वरुप ४ अर्ब ८३ करोड रुपैयाँ बजेट छुट्याएको छ ।
प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिं लामाले शुक्रबार बसेको प्रदेश सभामा आगामी आर्थिक वर्ष २०८०र०८१ का लागि बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् । प्रदेश सरकारले आगामी आवमा समानीकरण अनुदान वापत प्रदेशका ११३ स्थानीय तहमा १ अर्ब ६६ करोड रुपैयाँ बजेट छुट्याएको गरेको मन्त्री लामाले बताए ।
प्रदेश सरकारले स्थानीय तहका लागि सशर्त अनुदान तर्फ २ अर्ब ८२ करोड ८२ लाख रुपैयाँ, समपूरक अनुदान तर्फ २ अर्ब ३५ करोड ७ लाख र विशेष अनुदान तर्फ ७३ करोड ७२ लाख रुपैयाँ छुट्याएको छ । बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८०९०८१ को बजेट सुरु भएको छ । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामाले बजेट भाषण जारी राखेका छन् ।
सरकारले आगमी सन् २०२४ लाई बागमती प्रदेश भ्रमण वर्षको रुपमा मनाउने भएको छ । बागमती प्रदेश सरकारले आउँदो आर्थिक वर्ष ५ करोड विनियोजन गरेको छ । अलपत्र रहेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको लागि ५ करोड विनियोजन गरेको हो ।
(पूर्णपाठ सहित)