३८८
Shares१ असार २०८०, धुनिबेशी नगरपालिका वडा नम्बर – ६मा बजार अनुगमन गरिएको छ।
धुनिबेशी ६ धार्के बजारमा संचालित ३७ वटा पसल तथा ब्यवसाय अनुगमन गर्दा नगर र वडामा दर्ता भएको पसल तथा ब्यवसाय -३१ वटा, दर्तानै नगरी लामो समयदेखी संचालित पसल तथा ब्यवसाय – ६ वटा ,यस आर्थिक वर्षको समेत नवीकरण गरिसकेका पसल /ब्यवसाय – ५वटा,आ. व. ०७९/०८० को मात्र नवीकरण बाकी पसल ब्यवसाय – ५ वटा ,लामो समय देखि नवीकरण नै नगरी संचालित पसल / ब्यवसाय – २१ वटा भेटिएको वडा अध्यक्ष रमेश प्रसाद आचार्यले बताउनु भयो । दर्ता नभएकालाई तत्काल दर्ता गर्न नवीकरण नगरेकालाई तत्काल नवीकरण गर्न र ब्यबसाय गर्दा पूरा गर्नु पर्ने मापदण्ड १५ दिन भित्र पूरा गर्न जानकारी पनि गराएको अध्यक्ष आचार्यले बताउनु भयो ।
साथै पसल वा ब्यवसाय सफा गरिको वा नगरिएको समेत हेरिएको आचार्यले बताउनु भयो। बजारलाई बेबस्थित गर्न कोलागि यो अभियान गरिएको पनि आचार्यले बताउनु भयो । उक्त अनुगमनमा वडा अध्यक्ष रमेश प्रसाद आचार्यको नेत्रित्त्वमा गरिएको अनुगमनमा ,वडा सदस्यहरु , वडा कार्यलयका कर्मचारी , नगर प्रहरी , ब्यबसायी प्रतिनिधि लागाएत रहेको धुनिबेशी नगरपालिका नगर प्रहरी प्रमुख किरण गिरीले जानकारी दिनु भयो।