FLASH NEWS

गल्छी गाउपालिका वडा नम्बर ६को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न।

  • टोलटोलको खबर
  • समाचार
  • प्रकाशित मिति:
  • २०८० जेष्ठ २०, शनिबार (१ साल अघि)
  • ३४३

    Shares

गल्छी गाउपालिका वडा नम्बर ६को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न।

२०, जेठ २०८०, गल्छी गाउपालिका वडा नम्बर ६ धादिङको आर्थिक वर्ष २०७९/८० को सार्वजनिक सुनुवाई कार्यक्रम भएको छ। गल्छी गाउपालिका वडा नम्बर ६ का वडा अध्यक्ष दिपक कुमार कार्कीको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा कार्यपालिका सदस्य जानुका धितालले स्वागत गर्नु भएको थियो। सार्वजनिक सुनुवाईमा गल्छी गाउपलिका वडा नम्बर ६ को आर्थिक वर्ष २०७९ /८० को कार्यक्रम ,योजना तथा बजेट तिनका प्रगति प्रतिवेदन वडा अध्यक्ष दिपक कुमार कार्कीले प्रस्तुत गर्नु भएको थियो। यस्तै प्रशासनिक गतिविधि ,राश्व संकलनको अवस्था ,व्यक्तिगत घटना दर्ता, सामाजिक सुरक्षा तथा वडाले प्रदान गर्ने सेवा सुविधाको वारेको प्रतिवेदन वडा सचिव निता शर्माले प्रस्तुत गर्नु भएको थियो।


शनिवार गल्छी गाउपालिकाको प्रान्गणमा भएको सार्वजनिक सुनुवाई तथा शुझाब संकलन कार्यक्रममा उपस्थित वडा नम्बर ६ का नागरिकहरुले गल्छी ६ तथा पालिकाको बिभिन्न बिषयमा प्रश्नहरु गरेका थिए। उक्त उठेका प्रश्नहरुको जवाफ भिभिन्न राजनीतिक दललका प्रतिनिधि , बैरेनी अस्पतालका मेडिकल अधिकृत ड। सुनिल यादब ,पालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुइकेल, र ल्छी गाउपालिका वडा नम्बर ६ का वडा अध्यक्ष दिपक कुमार कार्कीले सम्बोधनको क्रममा दिनु भएको थियो।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस