FLASH NEWS

थाक्रे ९मा भएको निशुल्क स्वास्थ्य शिविरमा ४ सय ५६ जनाले लिए स्वास्थ्य सेवा

  • टोलटोलको खबर
  • शिक्षा
  • प्रकाशित मिति:
  • २०८० जेष्ठ २०, शनिबार (१ साल अघि)
  • ५४५

    Shares

थाक्रे ९मा भएको निशुल्क स्वास्थ्य शिविरमा ४ सय ५६ जनाले लिए स्वास्थ्य सेवा

२०, जेठ ,२०८० थाक्रे ,  धादिङको  थाक्रे गाउँपालिका वडा नं. ९ मा १ दिने बृहत निशुल्क महिला स्वास्थ्य शिविर सम्पन्न भएको छ।
थाक्रे गाउँपालिका वडा नं. ९ को आयोजना तथा सहिद मेमोरियल अस्पताल कलंकीको प्राविधिक सहयोगमा १ दिने बृहत निशुल्क महिला स्वास्थ्य शिविर भएको हो। थाक्रे ९ का वडा अध्यक्ष श्याम चन्द्र आचार्यको अध्यक्षमातामा भएको स्वास्थ्य शिविरमा ४ सय ५६ जनाले स्वास्थ्य सेवा लिएका थिए। कार्यक्रमका विशेस अतिथि एवं थाक्रे गाउपालिकाका सस्थापक उपाध्यक्ष अम्बिका रुपाखेतीले स्वास्थ्य भनेको संबेदन शिल कुरा रहेकाले कुनै पनि हेल्चक्राइ नगर्न र शिविरमा ढुक्क भएर सेवा लिन आग्रह गर्दै महिलाको बिशेष यस्ता कार्यक्रमहरु बिगतका दिनहरुमा शुरु गरेर पालिका अगाडि बढेको बताउनु भयो। सहिद मेमोरियल अस्पतालका सह प्रबन्धक तथा कार्यक्रमका विशेस अतिथि डा जितेन्द्र श्रेष्ठले पनि यस्ता स्वास्थ्य क्षेत्रको काममा सधै पालिका सित सहकार्य गर्दै जाने बताउनु भय।


ज्योति मा बिमा भएको निशुल्क महिला स्वास्थ्य शिविरका प्रमुख अतिथि एवं थाक्रे गाउपलिकाका अध्यक्ष रामकुमार आचार्यले सहिद मेमोरियल अस्पताल कलंकी काठमाण्डौ बाट आउनु भएका सम्पूर्ण चिकित्सकहरुलाई सवागत गर्दै आगामी दिनहरुमा अझ अस्पतालसित सम्बन्ध प्रगाड बनाउदै लैजाने बताउनु भयो।
मौलिक हकको रुपमा रहेको स्वास्थ्य, शिक्षा सम्बिधानमा लेखिएता पनि ब्यबहारमा लागु गर्न कठिनाइ रहेको र विश्वासको पनि संकट रहेको छ। सबै वडाका आधारभूत स्वास्थ्य केन्द्रबाट दिइने औसधिको विस्वास नलिने र मेडिकललाइ बिस्वास लीने भएको कारण पनि स्वास्थ्य क्षेत्रमा केहि कठिनाइ भएको हो र यो अवस्था हटाउन सबै स्वास्थ्य चौकि र पालिका लाग्ने अध्यक्ष आचार्यले बताउनु भयो । गाउपालिकाका जनप्रतिनिधि वा गाउपालिका भनेको जनताको सेवा गर्ने भएको कारण तेही अनुसार पालिकाका नागरिक हरुलाई सेवा दिनको लागि पनि यस्ता बिभिन्न सामाजिक कामहरु गरिरहेको थाक्रे गाउपालिकाले बिगतका बर्ष हरुदेखिनै पालिका भित्र धेरै मानसिक रोगि भएको र मानसिक रोगिहरुलाई निशुल्क उपाचार गर्ने नेपालकै पहिलो पालिका रहेको समेत आचार्यले बताउनु भयो।


कार्यक्रममा वडा नम्बर १० का वडा अध्यक्ष गोकुल लामिछाने , पालिका सदस्य , वडा सदस्य, बिभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि ,बिभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधि , स्वास्थ्य कर्मी , शिक्षक , स्थानिय लगाएतको सहभागिता रहेको थियो। स्वास्थ्य शिविर मा हाड जोर्नी सम्बन्धी सेवा, नाक, कान, घाँटी सम्बन्धी सेवा,महिला तथा स्त्री रोग सेवा,फिजिसियन सेवा सामान्य सर्जरी सेवा साथै भिडियो एक्स रे र ल्याब सेवा लगाएतका सेवाहरु दिइएको थियो।

 

 

 

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस