६६२
Sharesधार्के,१८ जेठ । आज २३ औँ विश्व दूध दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । ‘दुग्ध क्षेत्रको दिगो विकास, आर्थिक समृद्धिको आधार’ भन्ने नाराको साथ् धादिङ्ग सहित देश भर बिभिन्न कार्यक्रम गरि मनाइएको हो ।
यसै अवसरमा धुनिवेशी-५ मा रहेको श्री उदय कृषि बहुउद्देश्यीय सहकारी संस्था लि.र प्रारम्भ डेरी उद्योग को आयोजनामा धुनिबेशी ५ पुरानो धार्केमा रहेको भुवनेश्वरी मा बि, धुनिबेशी ६ मा रहेको काली देवी आधारभूत बिधालय र धुनिबेशी ९ को वाराही देवी आधारभूत विद्यालयका बिधार्थी हरुलाई दुध बाट बनेको खाजा खुवाएर मनाएको हो । भुवनेश्वरी मा बि का करिब ५ सय बिधार्थी , काली देवी आधारभूत बिधालयका करिब १ सय ३५ जाना , वाराही देवी आधारभूत विद्यालयका करिब ३५ जना बिधार्थी हरुलाई दिवा खाजा वितरण गरेको उदय कृषि बहुउद्देश्यीय सहकारी संस्था लि का . अध्यक्ष बासुदेब बास्कोटाले टोल टोलको खबर डट कम लाइ बताउनु भयो। यस्तै प्रारम्भ डेरी उद्योग का संचालक पुर्सोतम आचार्यले पनि आफुहरुले बिधार्थीहरु लाइ हौसला मिलोस भन्ने उदेस्यले पनि यो कार्यक्रम आयोजना गरेको बताउनु भयो।
भोडियो हेर्नु होला
https://www.youtube.com/watch?v=5GnUfYflniM