FLASH NEWS

धुनिबेशीमा लम्पी स्किन डिजिज रोगथाम गर्न निशुल्क सुइ लगाउन सुरु

  • टोलटोलको खबर
  • समाज
  • प्रकाशित मिति:
  • २०८० जेष्ठ १७, बुधबार (१ साल अघि)
  • ३९०

    Shares

धुनिबेशीमा लम्पी स्किन डिजिज रोगथाम गर्न निशुल्क सुइ लगाउन सुरु

धादिङ,१७ ज्येष्ठ ।    हाल गाई भैसीमा देखिएको र महामारीको रुप लिदै गरेको लम्पी स्किन डिजिज रोगको रोकथामको लागि धुनिबेशी नगरपालिकामा आजदेखि किसानको घर दैलोमै पुगेर निशुल्क सेवा दिन थालिएको धुनिबेशी नगरपालिका पशु पन्छी बिकाश शाखाका प्रमुख टंक कटुवालले जानकारी दिनु भयो। गोठ वरपर र गोठ भित्र झिगा डाठ भुसुना लागाएतका किराहरु गोठमा पसेर गाइ भैसिहरुलाई नटोकोस भनेर भिरकोन नामक औषधि स्प्रे गर्नु को साथै यस रोगको रोगथामको लागि निशुल्क सुइ पनि लगाउन थालिएको कटुवालले बताउनु भयो। धुनिबेशी – ६ बाट सुरु गरिएको उक्त सेवा नगरका ९ वटै वडामा संचालन हुने कटुवालको भनाइ छ। धुनिबेशी ६ का वडा अध्यक्ष रमेश आचार्य सहित पशु श्वास्थ प्राविधिक हरु किसानको घर घरमै पुगेर सेवा दिन सुरु गरिएको वडा अध्यक्ष रमेश आचार्यले जानकारी दिनु भयो।
किसान हरुलाई यस लम्पी स्किन डिजिज रोग सम्बन्धि केहि समस्या भएमा नगरपालिका ,वडा लगाएत सम्बन्धित ठाउमा सम्पर्क गर्न समेत नगरपालिकाले आग्रह गरेको छ।

 

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस