८५३
Sharesधादिङ,१७ ज्येष्ठ । धादिङको धुनिबेशी नगरपालिका ६ मा आज बुधबार देखि ३ दिने स्थलगत बाख्रापालन तालिम सुरु भएको छ। पशु सेवा तालिम केन्द्र बागमती प्रदेश लगनखेल, ललितपुर को आयोजनामा ३ दिने कृषकस्तर स्थलगत बाख्रापालन तालिम सुरु गरिएको धुनिबेशी नगरपालिकाका पशु पन्छी विकास शाखा प्रमुख टंक कटुवालले जानकारी दिनु भयो ।
कार्यक्रमका बिशेस अतिथि एबम भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र धादिका प्रमुख डा. सन्दिप सिलवालले पनि तालिम निकै राम्रो रहेकोले तालिममा राम्रो सित सिक्न र सिकेको सिप ब्यबहारमा लागु गर्न कृषक हरुलाई आग्रह गर्नु भयो।
उक्त तालिमको उत्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि एबम धुनिबेशी ६ का वडा आध्यक्ष रमेश प्रसाद आचार्यले यो तालिमले किसान हरुले आफ्नो व्यवसायलाई उकास्न पनि सहयोग पुग्ने बताउनु भयो। धुनिबेशी ६ का २० जना किसान सहभागी भएको तालिममा धुनिबेशी नगरपालिकाका पशु सेवा शाखा प्रमुख टंक कटुवाल , पशु सेवा तालिम केन्द्र लगनखेलका अधिकृत झमक बहादुर भण्डारी लगाएतले तालिमको सहजीकरण गर्नु भएको छ।