७१३
Sharesथाक्रे।
अखिल नेपाल किसान महासंघ धादिङले बिभिन्न मागसहित थाक्रे गाउँपालिकामा ज्ञापन पत्र बुझाएको छ ।
महासंघ जिल्ला कमिटी धादिङको निर्णयानुसार ११ गाउँपालिका र २ नगरपालिकालाई किसानका बिभिन्न माग राखेर ज्ञापन पत्र बुझाउने कार्यक्रम अन्तरगत आइतबार थाक्रे गाउँपालिकामा पनि ज्ञापन पत्र बुझाएको हो । महासंघ धादिङका उपाध्यक्ष रामजी आचार्यले गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यलाई ज्ञापनपत्र बुझाउनु भएको हो ।
महासंघले स्थानिय तहले एक आर्थिक वर्षको बजेटमा कुल बजेटको १० प्रतिशत कृषि तथा पशु विकासको लागि विनियोजित गर्नुपर्ने, किसानहरुको तथ्याङक संकलन गरी, भुमि हिन किसान, अति गरिव किसान, मध्य किसान र धनि किसान वर्गीकरण गर्नुपर्ने, स्थानिय तहले कृषिमा अनुदान वितरण गर्दा खेती गर्न चाहने भुमिहिन कृषकहरुलाई करारमा खेती योग्य जमिन उपलब्ध गराइ सत प्रतिशत अनुदान व्यवस्था गर्नुपर्ने माग राखेको छ ।
त्यस्तै अति गरिब किसानलाई ७५ प्रतिशत र मध्यम किसानलाई ५० प्रतिशत अनुदानको व्यवस्था गर्न, धनि किसानको हकमा कृषि उत्पादनको लागि अनुकुल वातावरण व्यवस्थापन गर्न,पशुमा फैलिएको लम्पी स्कीन रोग नियन्त्रण तथा तत्काल औषधी तथा भ्याक्सिनको व्यवस्था मिलाउन, किसानहरुलाई आवश्यक रासायनिक मल उपलब्ध गराउन र बैदेशिक रोजगारी बाट फिर्ता भएका तथा स्वदेशमा रहेको कृषि पेशाका युवावर्गहरुलाई अनुदानमा विशेष प्राथमिकता दिनुपर्ने माग गरेको छ।
सरकार तथा स्थानिय तह अन्तरगत विनियोजित हुँदै आएको वार्षिक बजेटमा कृषि क्षेत्रलाई अत्याधिक कम बजेट विनियोजित हुँदा किसान मार परेको, उत्पादन कम हुने हुँदा बजारमा उपभोग्य वस्तुको मुल्य बृद्धि भइ उपभोक्ता मारमा परिरहेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।महासंघले गरिव किसान तथा उपभोक्ताहरुको हक हित संरक्षणका निमित्त आगामी बजेट विनियोजित गर्दा गाउँपालिका प्रमुख, उप प्रमुख प्रशासकिय अधिकृत सहितको संयुक्त आतिथ्यतामा किसानसंग सम्बन्धित सबै दलका भातृसंगठनका प्रमुख प्रतिनिधि र स्थानिय तहका कृषि तथा पशु विकास कार्यालयका प्रमुखहरुसँग छलफल गरी बजेट विनियोजन गर्न पनि ध्यानाकर्षण गराएको छ ।यसअघि नीलकण्ठ नगरपालिकामा पनि ज्ञापन पत्र बुझाइएको र बाँकी पालिकाहरुमा पनि बुझाउने तयारि गरिएको सचिवालय सदस्य सिताराम आचार्यले जानकारी दिनुभयो।