२९९
Sharesथाक्रे गाउँपालिका वडा नम्बर ९ ज्योति माध्यमिक बिधालय केवलपुर पण्डित पौवामा १ दिने वृहत निशुल्क स्वास्थ्य शिविर हुने भएको छ। थाक्रे गाउँपालिका वडा नं. ९ को आयोजना तथा सहिद मेमोरियल अस्पताल कलंकी को प्राबिधिक सहयोग र पालिकाको समनव्य मा यहि जेष्ट २० गते शनिबारका दिन १ दिने वृहत स्वास्थ्य शिविर हुन लागेको एक सूचना मार्फत वडाले जानकारी गराएको छ। स्वास्थ्य शिविर मा हाड जोर्नी सम्बन्धी सेवा
> नाक, कान, घाँटी सम्बन्धी सेवा
>महिला तथा स्त्री रोग सेवा
> फिजिसियन सेवा
> सामान्य सर्जरी सेवा
> साथै भिडियो एक्स रे र ल्याब सेवा लगाएतका सेवाहरु रहने छन्। उक्त शिविरमा उपस्थित भई स्वास्थ्य लाभ लिन को लागि सम्पूर्णमा आग्रह समेत गगरिएको छ।