१२७
Sharesनयाँ दिल्ली । भारतीय रिजर्भ बैंकले दुई हजार दरका नोट चलनचल्तीबाट हटाउने घोषणा गरेको छ । हिजो शुक्रबार जारी गरेको विज्ञप्तिमा आरबीआईले यी नोटहरू वैध रहने र ३० सेप्टेम्बर २०२३ सम्म बैंकहरूमा जम्मा गर्न सकिने बताएको छ। सर्वसाधारणले आफ्नो बैंक खातामा २ हजार का नोट जम्मा गर्न वा जुनसुकै बैंक शाखामा गएर पनि नोट साट्न सक्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
दुई हजार रुपैयाँका नोट चलनमा नआए पनि यी नोट वैध नै रहनेछन् । आरबीआईका अनुसार सेप्टेम्बर ३०, २०२३ सम्म यी बैंकहरूमा जम्मा गर्न सकिन्छ र नोटहरू साट्न सकिन्छ।