FLASH NEWS

धुनिवेशी नगरपालिका द्वारा कर रकम दाखिला गर्ने सम्बन्धी सुचना प्रकाशन

  • टोलटोलको खबर
  • समाचार
  • प्रकाशित मिति:
  • २०८० जेष्ठ ५, शुक्रबार (१ साल अघि)
  • ३१७

    Shares

धुनिवेशी नगरपालिका द्वारा कर रकम दाखिला गर्ने सम्बन्धी सुचना प्रकाशन

धुनिवेशी नगरपालिका धादिङले कर रकम दाखिला गर्ने सम्बन्धी सुचना प्रकाशन गरेको छ।
नगरपालिकाको कार्यालय वा वडा कार्यालयहरु अन्तर्गत दर्ता भएका तथा नगरपालिका क्षेत्र भित्र संचालनमा रहेका सबै किसिमका व्यवसायी / उधोगीहरुले नगरपालिकाको आर्थिक ऐन अनुसार प्रत्येक आर्थिक वर्षमा व्यवसाय कर रकम दाखिला गर्नुपर्नेमा कतिपय व्यवसायी / उधोगीहरुले गत विगत वर्ष देखीनै व्यवसाय कर दाखिला गरेको नपाईएको हुँदा आ.व. ०७९/०८० सम्मको व्यवसाय कर यो सुचना प्रकाशित भएको मितिले सात दिन भित्र दाखिला गर्नु भई आफ्नो कर दायित्व फरफारक गर्नुहुन अनुरोध छ । समयमानै कर रकम दाखिला नगरेमा यस कार्यालय वा अन्तर्गतका वडा कार्यालयहरुबाट प्रदान गरिने सिफारिस तथा सेवाहरु रोक्का गरिने जानकारी समेत गराईन्छ । साथै यस कार्यालयमा दर्ता गर्न बाँकी रहेका सबै व्यवसायी / उधोगीहरुले समेत अनिवार्य रुपमा व्यवसाय दर्ता गरि संचालन गर्नुहोला । उक्त सुचनामा उल्लेख गरिएको छ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस