FLASH NEWS

गल्छी गाउपालिका द्वारा कृषकहरुलाई कृषि यन्त्र वितरण

  • टोलटोलको खबर
  • कृषि
  • प्रकाशित मिति:
  • २०८० बैशाख २७, बुधबार (१ साल अघि)
  • २३५

    Shares

गल्छी गाउपालिका द्वारा कृषकहरुलाई कृषि यन्त्र वितरण

तस्विर टिकाराम खतिवडा

गल्छी।         गल्छी गाउँपालिकाले कृषकहरुलाई ५० प्रतिशत अनुदानमा कृषि यन्त्र वितरण सुरु गरेको छ । कृषिलाई आधुनिकीकरण गर्दै कृषि पकेट क्षेत्र विकास गर्नका लागि ५० प्रतिशत अनुदानमा खरिद गरिएका मिनि टिलर १ सय ४५ ओटा वितरण गरिएको कृषि प्राविधिक टिकाराम खतिवडाले जानकारी दिनुभयो । गाउँपालिकाले वडा नम्बर ८ का १सय १२ जनालाई, वडा नम्बर ७ का ४ जनालाई, वडा नम्बर १ का ३ जनालाई,वडा नम्बर ५ का १६ जनालाई १३ हजार ९ सय तिरेर अनुदानमा पाएका ७ हर्जपावरका पेट्रोलबाट चल्ने मिनिटिलर वितरण गरिएको हो । यसैगरि किसानले २४ हजार २ सय ५० तिरेर ७ हर्जपावर क्षमताको डिजेल इन्जीन मिनिटिलर वडा नम्बर ४ का ९ जना र वडा नम्बर ८ मा १ जनालाई वितरण गरिएको छ । गाउँपालिकाले इबिडिङ मार्फत टेण्डर आब्हान गरेपछि ठेकेदार कम्पनीले पालिकामा उपलब्ध गराएको सामाग्री किसानहरुलाई वितरण सुरु गरेको पालिकाले जनायको छ ।

गाउँपालिकाले ७ हर्जपावरका १ सय २८ डिजल इन्जिन मिनिटिलर वितरण गर्ने छ । किसानले १३ हजार ५ सय तिरेर १ सय २५ थान कम्बाइन्डमिल, ६ हजार तिरेर १५ थान मकै छोडाउने मेसिन, ८ थान ब्रस कटर, ४ हजार ४ सय ७ रुपैयाँ तिरेर १२ थान डिजिटल तराजु,६ हजार तिरेर २ थान फुटस्प्रेयर, २ हजार तिरेर ४ थान मकै रोप्ने मेसिन र २४ हजार तिरेर ११ थान कोदो चुट्ने मेसिन वितरण गर्ने योजना रहेको खतिवडाले जानकारी दिनुभयो । पालिकाले ५० प्रतिशत व्यहोरेपछि किसानले ५० प्रतिशत रकम बुझाएर सामाग्री लगेका हुन् । कृषि औजार वितरण कार्यक्रममा पालिका अध्यक्ष केदारनाथ खतिवडा ,उपाध्यक्ष भाइकाजी तिवारी ,अध्यक्ष गल्छी ८का वडा अध्यक्ष विशाल लुङ्गेलि मगर , ५का वडा सदस्य जेठा तामाङ , कृषि शाखा प्रमुख:किरण गिरि ,कृषि अधिकृत रबिना वाग्ले ,कृषि प्राबिधिक:टिकाराम खतिवडा ,कृषि प्राबिधिक सागर कठायतलगायतको सहभागिता रहेको थियो । कृषिलाई आधुनिकिकरण गर्दै कृषि पकेट क्षेत्र विकास गरि जनताको आम्दानी बढाउन कृषि यन्त्रहरु मागको आधारमा वितरण गरिएको गाउँपालिका अध्यक्ष खतिवडाले बताउनुभयो ।

 

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस