२१३
Sharesनीलकण्ठ प्रज्ञा प्रतिष्ठान धादिङले जिल्लाका चार जना श्रष्टालाई सम्मान गरेको छ ।
आईतबार धादिङबेशीस्थित नीलकण्ठ नगरपालिकाको विपद् व्यवस्थापनको हलमा प्रतिष्ठानद्धारा आयोजित स्रष्टा सम्मान तथा पुरस्कार वितरण समारोहमा जिल्लाका चार श्रष्टालाई सम्मान गरेको हो ।
प्रतिष्ठानले मदन पुरस्कार विजेता महाकाव्यकार डाक्टर नवराज लम्साल, उहाँकी धर्मपत्नी संगिता लम्साल, ज्ञाईन्द्र बहादुर श्रेष्ठ, प्राध्यापक डाक्टर रामचन्द्र लम्साल र रिता थापा मगरलाई सम्मान गरेको हो ।
.
त्यस्तै कार्यक्रममा जिल्लामा भएको बिभिन्न प्रतियोगितात्मक कार्यक्रमहरुका विजयी विद्यार्थीहरुलाई समेत पुरस्कार वितरण गरिएको छ ।कक्षा ७ स्तरीय चित्रकला प्रतियोगितामा बालमन्दिरको कक्षा ७ मा अध्ययनरत छात्रा जस्मिन तिरुवा प्रथम, धादिङ बोर्डिङको कक्षा ६ मा अध्ययनरत छात्रा सामाना वाईवा द्धितीय, एड्भान्स एकेडेमी कक्षा ७ मा अध्ययनरत छात्र संगम लम्साल तृतीय र चिल्ड्रेनपार्कको कक्षा ६ मा अध्ययनरत छात्र रकिन हमाल सानत्वना भएका छन् ।
यस्तै कक्षा ८ देखि १० सम्मको कविता प्रतियोगितामा एडभान्सको कक्षा ९ मा अध्ययनरत छात्रा एलिना बानिया प्रथम, पुशपतिको कक्षा ९ मा अध्ययनरत छात्रा कमला घिमिरे द्धितीय, शखांदेवीको कक्ष १० माअध्ययनरत छात्रा समीक्षा गुरुङ तृतीय र चिल्ड्रेनपार्कको कक्षा ८ मा अध्ययनरत छात्रा उपासना लम्साल सानत्वना भएकी छिन् ।
यसैगरी कक्षा ११ र १२ स्तरीय निबन्ध लेखन प्रतियोगितामा नीलकण्ठको कक्षा १२ मा अध्ययनरत छात्रा शर्मिला श्रेष्ठ प्रथम, साङकोषका छात्र सुनिल विक द्धितीय, पशुपतिको सन्दिप परियार तृतीय र बालमन्दिरकी शर्मिला गुभाजु सानत्वना भएकी छिन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङगानाले साहित्यकार हाम्रो गहना र ईतिहास भएको हुनाले यसलाई सबैले संरक्षण गर्नुपर्ने बताउनुभएको छ । नगरपालिकाले पनि साहत्यीक क्षेत्रलाई विशेष प्राथमिकताका साथ लिएको बताउनुभयो । यस्तै नीलकण्ठ प्रज्ञा प्रतिष्ठान भाषा, साहित्य, सङगीत, कला,संस्कृति, समाजशास्त्र, दर्शनशास्त्र, ज्ञानविज्ञान र प्रविधिको आवश्यक संरक्षण, संवद्र्धन र उन्नयन गर्ने उद्धेश्यले स्थापना गरेको नीलकण्ठ प्रज्ञा प्रतिष्ठान धादिङका अध्यक्ष वद्री प्रसाद दाहालको भनाई छ । दाहालको अध्यक्षतामा भएको समारोहमा नगरपालिकाका मेयर ढुङगानाको प्रमुख आतिथ्यता रहेको थियो ।