१५३
Sharesसन् २०२३ का लागि आवेदन दिइएको डाइभर्सिटी भिसा (डीभी) को नतिजा आज हुँदै छ । नेपाली समयअनुसार राति करिब ९ः४५ बजे डीभीकाे नतिजा आउने बताइएको छ । नतिजा आगामी असोज १३ गतेसम्म हेर्न पाइने छ ।
अमेरिकी विदेश मन्त्रालयको आधिकारिक वेबसाइटमा गएर डीभी परे/नपरेकाे हेर्न सकिन्छ । नतिजा हेर्न आवेदन दिँदा उपलब्ध गराइएको कन्फर्मेसन नम्बर प्रयोग गर्नुपर्नेछ । छनोट हुने आवेदकलाई त्यसपछिको प्रक्रियाबारे जानकारी साेही साइटमा उपलब्ध हुने बताइएको छ ।
डीभी परेको भन्दै विभिन्न अपरिचित व्यक्ति, समूहले इमेल, फोनसमेत गर्ने गरेका छन् । यस्तोमा विश्वास नगर्न काठमाडाैंस्थित अमेरिकी दूतावासले आग्रह गरेको छ । दूतावास या अमेरिकी सरकारका अन्य कुनै निकायले डीभी कार्यक्रममा छनोट भएको भन्ने व्यहोरा इमेलमार्फत पठाउँदैनन् । डीभी लाेटरी अमेरिकाको ग्रीनकार्ड प्राप्त गर्ने सबैभन्दा सजिलाे तरिका हाे ।
आज राति ९:४५ पछि यो (https://dvprogram.state.gov/) लिंक मा गएर आफ्नो नतिजा हेर्न सक्नु हुनेछ ।