२६३८
Sharesधादिङको धुनिवेशी नगरपालिका र थाक्रे गाउँपालिकाको सिमानामा रहेको गणेश खोला माथीको मोटरेवल पुल भासिँदा अहिले यातायात पुर्णरुपमा ठप्प भएको छ ।
दिउँसो केहि समय परेको पानीले धुनिवेशी नगरपालिकाको वडा नम्बर ६ धार्के तर्फको पुलको एकापट्टीको भाग भासिँदा सडक एकतर्फी रुपमा सञ्चालन भएकोमा अहिले अपरान्ह ४ बजेदेखी पुलमा पुन बिचको भाग पनि खसेपछि दुवै तर्फको यातायात पुर्णरुपमा ठप्प भएको हो ।
भासिएको पुल सँगै सडक आयोजनाले नयाँ पुल निर्माणको काम थालेको थियो । यातायात ठप्प भएसँगै राजमार्गमा यात्रा गरिरहेका यात्रुहरुले सास्ती पाएका छन् । भासिएको पुलमा ग्यावीन जाली हालेर बाटो खुलाउ स्काइभेटर लगाएर अस्थाई बाटो बनाउन लगिएको छ । तर तत्काल सडक खुल्ने अवस्था भने रहेको छैन । प्रहरीले वैकल्पिक बाटोको प्रयोग गर्न अनुरोध गरेको छ ।
भिडियो हर्नु होला