७७
Sharesआज पनि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् गोविन्द झा ले बताउनु भयो । मौसमविद् गोविन्द झाका अनुसार आज पहाडीसहित तराईका जिल्लामा दिउँसो पछि हल्कादेखि मध्यम वर्षाको अनुमान गरिएको छ ।
काठमाण्डौमा दिउँसो ११/१२ बजेपछि पानी पर्ने सम्भावना देखिएको मौसमविद् झाले बताउनुभयो । आज तराईका जिल्लामा हावाहुरीसमेत चल्ने उहाँले बताउनुभयो ।
पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावका कारण मौसम बदली भइ पानी परेको हो । यो क्रम पर्सि बुधवारसम्म नै रहने अनुमान गरिएको छ ।