FLASH NEWS

भारत सरकारले अनुदान स्वरुप दिएको ‘कोभिशिल्ड’ सातै प्रदेशमा लगिदै

  • टोलटोलको खबर
  • स्वास्थ्य
  • प्रकाशित मिति:
  • २०७७ माघ ११, आईतबार (३ साल अघि)
  • २५१

    Shares

भारत सरकारले अनुदान स्वरुप दिएको ‘कोभिशिल्ड’ सातै प्रदेशमा लगिदै

काठमाडौं । भारत सरकारले अनुदानस्वरुप उपलब्ध गराएको कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ आजदेखि सातै प्रदेशमा पठाउन सुरु गरिएको छ। खोप लगाउन ७ वटै प्रदेशमा पठाउन थालिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिएका छन् ।

भारतबाट ल्याएपछि खोप स्वास्थ्य सेवा विभागको टेकुस्थित केन्द्रीय चिस्यान केन्द्रमा राखिएको छ । उनका अनुसार प्रदेशबाट नै जिल्ला अस्पतालमा खोप आवश्यकताका आधारका वितरण गरिनेछ । आइतबारसम्म सबै प्रदेशमा खोप पुग्ने मन्त्रालयले जनाएको छ ।

पहिलो चरणको उक्त खोप अस्पताललाई नै खोप केन्द्र बनाएर लगाइनेछ । उनले ७ प्रदेश र ७७ जिल्लामा गरी करीब ३ सय विभिन्न अस्पतालबाट खोप लगाइने बताएका छन् । काठमाडौं उपत्यकामा भने १० भन्दा बढी अस्पतालमा खोप वितरण गरिनेछ । उक्त खोप स्वास्स्थ्य संस्थामा कार्यरत कोभिड–१९ व्यवस्थापनमा अग्रपंतिमा खटिने स्वास्थ्यकर्मी, सहयोगी कर्मचारी, एम्बुलेन्स तथा शववाहन चालक, कोभिड–१९ को संक्रमणबाट ज्यान गुमाएकाको शवको व्यवस्थापनमा खटिने सुरक्षाकर्मी, स्थानीय तहमा कार्यरत फोहोर व्यवस्थापन तथा सरसफाइकर्मीलाई दिइनेछ । २ मात्रामा दिइने खोप पहिलोपटक लगाएको एक महिना वा चार हप्तापछि दोस्रो मात्रा दिइने मन्त्रालयका प्रवक्ता डा गौतमले बताएका छन् । खोप लगाउन सुरु गरेको १ हप्ताभित्र सबै खोप लगाइसक्ने मन्त्रालयको तयारी छ ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस