२११
Sharesधादिङ । नेकपा (माओवादी केन्द्र) धादिङको आज फरक-फरक समयमा तीनवटा बैठक बस्ने जिल्ला संयोजक मनराज भण्डारीले बताउनु भएको छ । भण्डारीका अनुसार पहिलो बैठक जिल्ला कार्यालयको बैठक विहान ८ बजे, ११ बजे कार्यलय विस्तारित बैठक र २ बजे कार्यपालिका सम्मका जनप्रतिनीधिहरुलाई अभिमुखकरण गरिने वैठक रहेको छ ।
जिल्ला सचिव दिपक लामिछानेका अनुसार जिल्ला इन्चार्ज शालिकराम जमकट्टेलको उपस्थितिमा बिहान कार्यालयको बैठक, आर्थिक कोष व्यवस्थापनको लागि योजना निमार्णका गर्न प्रदेश सदस्य र पालिका इन्चार्ज तथा अध्यक्ष समेत सहभागि रहेको बैठक र कार्यपालिका सदस्य देखि माथिका जन प्रतिनीधिहरुलाई अभिमुखिकरण गरिने कार्यक्रम रहेको छ ।