FLASH NEWS

थाक्रे गाउँपालिकामा गाँइ भैसीको ओसारपसार स्थगित गर्न आग्रह

  • टोलटोलको खबर
  • समाज
  • प्रकाशित मिति:
  • २०८० बैशाख १४, बिहिबार (१ साल अघि)
  • १२३२

    Shares

थाक्रे गाउँपालिकामा गाँइ भैसीको ओसारपसार स्थगित गर्न आग्रह

थाक्रे,   धादिङको थाक्रे गाउँपालिकाले गाँइ भैसीको ओसारपसार स्थगित गर्नका लागि सुचना जारि गरेको छ।
हाल देशका अधिकाशं जिल्लाहरुमा गाई भैंसीमा लाग्ने लम्पी स्किन डिजिज महामारीको रुपमा फैलिएको र पि. सि. आर. विधिबाट केही रोगी पशुहरुको नमुना परिक्षण गर्दा थाक्रे गाउँपालिकाको विभिन्न वडाहरुमा समेत लम्पी स्कीन डिजिज (LSD) प्रमाणित भएको हुँदा, अन्यत्र जिल्ला / पालिका बाट यस थाक्रे गाउँपालिका भित्र वा बाहिर र गाउँपालिकाको एक वडा/स्थान बाट अन्य वडा/स्थानमा गाई भैंसीको ओसारपसार नगर्न/नगराउनु हुन सम्बन्धित सबैलाइ सुचना निकालेर जानकारी गराएको छ।
साथै सूचनालाई अटेर गरि गाँइ भैसीको ओसारपसार जस्ता क्रियाकलापहरु गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारवाही हुने कुरा समेत सुचनामार्फत जानकारी गराएको छ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस