५२
Sharesचितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरका साथ पुन: विजयी भएका छन् ।
अन्तिम मत परिणाममा लामिछानेले ५४ हजार १ सय ७५ मत पाए भने दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ११ हजार १ सय १४ मत पाएका छन् । दुई जनाबीचको मतान्तर ४२ हजार ९६२ रहेको छ ।
यसअघि मंसिर ४ मा भएको चुनावमा यो क्षेत्रबाट लामिछाने नै निर्वाचित भएका थिए। उनले ४९ हजार ३ सय मत प्राप्त गरेका थिए ।
नागरिकतासम्बन्धी विवादमा दोषी ठहर भएपछि सांसद पद गुमाएपछि उपचुनाव भएकाे हाे ।