FLASH NEWS

धादिङ अस्पतालमा आजदेखि विशेषज्ञ सेवा सहित निःशुल्क हृदय स्वास्थ्य शिविर सुरु

  • टोलटोलको खबर
  • स्वास्थ्य
  • प्रकाशित मिति:
  • २०८० बैशाख ९, शनिबार (१ साल अघि)
  • ३२२

    Shares

धादिङ अस्पतालमा आजदेखि विशेषज्ञ सेवा सहित निःशुल्क हृदय स्वास्थ्य शिविर  सुरु

धादिङ । धादिङको सदरमुकाम धादिङबेशीमा रहेको धादिङ अस्पतालमा आजदेखि विशेषज्ञ सेवा सहित निःशुल्क हृदय स्वास्थ्य शिविर सुरु भएको छ।

धादिङ अस्पताल र सहिद गंगालाल हृदय केन्द्र बासबारी बीच संझौता भए अनुसार धादिङ अस्पतालले आजबाट विशेषज्ञ सेवा सहित निःशुल्क हृदय स्वास्थ्य शिविर परिक्षण सेवा सुरु गरेको हो ।

हरेक महिनाको पहिलो र अन्तिम शनिबार यो सेवा संचालन गरिने छ । आज उद्घाटनको दिनमानै १सय १० जनाले मुटुको स्वास्थ्य परिक्षण गराएको धादिङ अस्पतालले जनाएको छ
सहिद गङ्गालाल हृदय रोग केन्द्र बासबारीका मुटुरोग विशेषज्ञ डा रबिन्द्र सिम्खडा को नेतृत्वमा
११० जनाको स्वास्थ्य परिक्षण ,९० जनाको इ सि जि ,र ७५ जनाको इ को परिक्षण गरिएको छ।
आज धादिङ अस्पतालले एक औपचारिक कार्यक्रम गरि, सो सेवा सुरु भएको घोषणा गरेको थियो ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस