३९०
Sharesप्रेस चौतारी नेपाल जिल्ला समिति धादिङको कार्यवाहक अध्यक्षको जिम्मेवारी श्री हजुर सिलवाल(राजन)लाई दिईएको छ । प्रेस चौतारी जिल्ला समिति धादिङको शुक्रबार धादिङबेसीमा बसेको बैठकले सिलवाललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिईएको प्रेस चौतारी धादिङले जनाएको छ ।
वर्तमान अध्यक्ष सानुबाबु तिमिल्सिना आफ्नो व्यक्तिगत कामले केहि समय विदेश जान लागेको जानकारी समितिलाई गराएपछि जिल्ला समिति धादिङका उपाध्यक्ष सिलवाललाइ कार्यवाहक अध्यक्षको जिम्मेवारी दिईएको हो । प्रेस चौतारी धादिङमा कुल ६५ जना सदस्यहरु रहेका छन् ।
प्रेस चौतारी जिल्ला समिति धादिङको विभिन्न जिम्मेवारीमा रहेर काम गरेका सिलवाल पत्रकारीता क्षेत्रमा लामो समयदेखि निरन्तर काम गरिरहेका छन् ।