१२४
Sharesधादिङ । धादिङको गंङ्गाजमुना गाउँपालिका-३ का २२ वर्षीय ईमानसिंह गुरुङलाई १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहीले पक्राउ गरेको छ ।
आरोपितले बालिकालाई पटक-पटक बलात्कार गरेको र पछिल्लो पटक ०७९ चैत २५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले प्रहरीमा उजुरी दिएपछि बैशाख ५ गते निज गुरुङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रमेश थापाले बताउनु भयो ।
आरोपितलाई जिल्ला अदालतको आदेशले अनुसन्धानका लागि हिरासतमा राख्न ५ दिनको अनुमति दिएको इन्स्पेक्टर थापाले बताउनु भयो ।