५०१
Sharesव्यक्तिगत घटना दर्ता सप्ताहको आज पाचौ दिन,धादिङसहित देशभर व्यक्तिगत घटना दर्ता सप्ताह सञ्चालन भईरहेको छ ।
सप्ताह अभियान अन्तर्गत आज मंगलबार धादिङको थाक्रे गाउपालिकामा प्रभातफेरी कार्यक्रम गरिएको छ।
थाक्रे गाउपालिकाको आयोजनामा थाक्रेको माहादेवबेशी बजार परिक्रमा गरि पालिका सम्म प्रभातफेरी गरिएको थियो ।
प्रभातफेरीमा पालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर बराल , विभिन्न वडाका वडाअध्यक्षहरु , पालिकाका कर्मचारी, विद्यार्थी , संचारकर्मी लगाएतको सहभागीता रहेको थियो । वैशाख १ गते शुक्रबारबाट सुरु भएको व्यक्तिगत घटना दर्ता सप्ताहको आज पाचौ दिन हो।
गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले व्यक्तिगत घटना समयमै दर्ता गराउन नागरिक हरुलाई जागरुक गराउन सप्ताहव्यापी अभियान सुरु गरेको हो।
जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाइँ सराइजस्ता व्यक्तिगत घटना, घटना भएको ३५ दिनभित्र दर्ता गराउन विभागले आग्रह समेत गरेको छ।
भिडियो हेर्नुहोस्