FLASH NEWS

मच्छिन्द्र माध्यमिक विद्यालयमा शुभचिन्तकहरु सित अन्तरक्रिया गरियो।

  • टोलटोलको खबर
  • समाज
  • प्रकाशित मिति:
  • २०७९ चैत्र ३०, बिहिबार (१ साल अघि)
  • ६२४

    Shares

मच्छिन्द्र माध्यमिक विद्यालयमा शुभचिन्तकहरु सित अन्तरक्रिया गरियो।

धुनिवेशी । धादिङको धुनिवेशी ७ खानीखोलामा रहेको मच्छिन्द्र मा बिको सभा हलमा बिहिबार स्थानीय शुभचिन्तक भेला तथा अन्तरक्रिया गरिएको छ।
मच्छिन्द्र माध्यमिक विद्यालयमा शैक्षिक गुणस्तर उकास्नको साथै विद्यालयमा भएका विभिन्न क्रियाकलाप लाइ बेबस्तित कसरि गर्न सकिन्छ , विद्यालयमा सबै शिक्षकका लागि व्यक्तिगत बेबस्तित कार्यकक्ष कसरि गर्ने ,१ देखि ५ , ६ देखि ८ र ९ देखि १२ सम्मका तिन तहको पुस्तकालय निर्माण गर्ने ,विद्यार्थीलाई बिभिन्न बाहिरि अतिरिक्त क्रियाकलाप मा पनि सरिक गराउने ,तहगत भित्ते पात्रो बनाउने , विद्यालयलाइ आवश्यक अनुसार आइपर्ने बिभिन्न कार्यक्रमको कार्यताकिका निर्माण गर्ने , लगाएत बिभिन्न विषयमा छलफल भएको थियो। विद्यालय व्यबस्थापन समितिका अध्यक्ष शेखर कार्कीले उक्त विषयमा जानकारी गराउदै उपस्थित सित सुझाब समेत लिनु भएको थियो। उक्त छलफलमा विद्यालय व्यबस्थापन समितिका अध्यक्ष शेखर कार्की विद्यालयलाइ सरोकार राख्ने शुभचिन्तकहरु लगाएतको सहभागी रहेको थियो भने केहिदिनमै अभिभावकहरु सित पनि भेला तथा अन्तरक्रिया गर्ने व्यबस्थापन समितिका अध्यक्ष कार्कीले बताउनु भयो।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस