२२३
Sharesगजुरी गाँउपाकिला, फियान नेपालको संयुक्त ओयोजना र शान्ती नेपाल, प्रयास नेपपालको साझेदारीमा सामुदायिक विद्यालयमा दिवा खाजा व्यवस्थित गर्न सरोकारवालाहरु वीच अन्तरक्रिया गरिएको छ । अन्तरक्रियामाा वालवालिकालाई पोषण तथा शिक्षा, दिवा खाजा मापदण्ड र व्यवस्थापन सहजिकरण एंव अनुगमन र वालवालिकालाई दिवा खाजाले भौतिक एवं मानसिक रुपमा पार्ने प्रभाव र खाजा व्यवस्थापन अवसर र चुनौती गरिएको थियो ।
शान्ती नेपालका लाल प्रसाद पाख्रेलले वालवालिकालाई पोषण तथा शिक्षाका विषयमा प्रस्तुती गर्दै पोषणमा किन काम गर्नु प¥यो, गजुरी गाउँ पालिकाको ग्रामिण क्षेत्रका बालबालिकामा उचाई अनुसार तौल, पोषण नै के हो, पोषण तत्व प्राप्तीका लागि सन्तुलित खाना, किन बालबालिका र किशोर किशोरीलाई बढी पोषण चाहिन्छ, पोषण सुधारका लागि बहुक्षेत्रिय योगदान र दिगो पोषण ब्यवस्थापनका चुनौतीका विषयमा सहजिकरण गर्नु भएको थियो ।
फियान नेपालको तर्फबाट राजेन्द्र बस्नेतले दिवा खाजा मापदण्ड र व्यवस्थापन सहजिकरण एंव अनुगमनका विषयमा प्रस्तुती गर्दै मानव अधिकार, खाद्य अधिकार, खाद्य सुरक्षा, खाद्य सम्प्रभुता र खाद्य अधिकार तथा खाद्य सम्पभुता सम्वन्धी ऐनले व्यवस्थाको कसुरजन्य कार्य र सजाय, क्षतिपुर्ति मुद्दा दायर सम्वन्धी व्यवस्थाको जानकारी गराउनु भयो । साथै सामुदायिक विद्यालयमा दिवा खाजा मापदण्ड तथा कार्यक्रम सहजिकरण पुस्तिका २०७६ले गरेको व्यवस्थाका सन्र्दमा विद्यालयमा दिवा खाजा कार्यक्रमको उद्देश्य, विद्यालयमा दिवा खाजा कार्यक्रमका समस्या र चुनौति, दिवा खाजाको मापदण्ड र गुणस्तर, दिवा खाजा सञ्चालन तथा व्यवस्थापन, दिवा खाजा कार्यक्रम व्यवस्थापनमा निकायगत जिम्मेवारी, स्थानीय तहको कार्यक्रम कार्यान्वयन संयन्त्र, खाजा अनुगमन समितिको काम कर्तव्य र अधिकार, अभिभावक आमा समूह गठन र काम कर्तव्य अधिकार, दिवा खाजा कार्यक्रम व्यवस्थित गर्न विद्यालय व्यवस्थापन समतिको भुमिका विषयमा सहजिकरण गर्नु भयो ।
प्रयास नेपालका सन्तोष छन्त्यालले वालवालिकालाई दिवा खाजाले भौतिक एवं मानसिक रुपमा पार्ने प्रभाव र खाजा व्यवस्थापन अवसर र चुनौती पस्तुती गर्दै कुपोषण हुनुमा शिक्षाका कारणहरु, दिवा खाजाले सहयोग गर्ने क्षेत्र, दिवा खाजाले व्यक्ति परिवार समाजका लागि, खाजालाइ कसरी मापदण्ड अनुासर बनउने, हरेक वार खाना चार, दिवा खाजाले पार्ने प्रभाव, समस्याहरु तथा चुनौती, र सम्भावित उपायहरको विषयमा प्रस्तुतती गर्नु भएको थियो ।
महेन्द्रदय माध्यामिक विद्यालयका प्रधानाध्यापक रमेश प्रसाद पाठकले अन्तरक्रिया कार्यक्रमले दिवा खाजा कार्यक्रमको विषयमा सोच्न पर्ने बनाएको छ । दिवा खाजा व्यवस्थापन गर्न सहजिकरण गर्ने र स्पष्टता ल्याउने धारण ल्याएको छ । खाजा व्यवस्थापनमा व्यवस्थापकी समस्य तथा कम्जोरी छन् । खाजा बनाउने भान्सेको अभाव, छुट्रटै भान्सा काठो हुनु, बजेट अपुग, शिक्षक नैे खाजा व्यवस्थापनमा लाग्नु पर्ने छ । आशा गरौ समाधानका उपाय खाजि होला । यसैगरी आर्दश माध्यामिक विद्यालयका प्रधानाध्यापक सुरेश कुमार बस्नेतले विद्यालयले नै खाजा खुवाउनु पर्ने हो वा क्यान्टिन मार्फत खुवाउन मिल्छ । विद्यालयले नै बनाए खुवाउनु पर्ने हो भने भान्सा घर, भान्से र बसेर खाने स्थानको प्रवन्ध कसरी गर्न सकिन्छ भन्ने प्रश्न गरेको थिए । कंकाल्नी आधारभुत विद्यालयका प्रधानाध्यापक रामकृष्ण पाण्डेले स्थानयि परिवेश अनुसार खाजा फरक फरक खुवाउन सकिन्छ र खुवाउनु पर्छ । मेरो विद्यालयमा दालभात नै खुुवाउन पर्ने हुन्छ दालभात खुवाउदाँ विद्याथी खुसी भएकाछन् । सकेसम्म गरी विद्यार्थीलाई खुसी बनाउन सधै पकाएका खानेचिज नै खुवाउदै आएको छु । खाजा बनाउने भान्छे व्यवस्थापन गर्नु पर्छ अनि मात्र खाजा कार्यक्रम प्रभावकारी हुने धारणा राख्नु भयो ।
वडा अध्यक्ष बद्री प्रसाद जम्कटेलले कहिलेकाही लाग्छ सुन्न र भन्न मात्र जन्मेको हुँ कि जस्तो । जता ततै सुनाउने र भन्ने काम मात्र देख्छु । कसैले काम गर्दा यस्तो समस्या आयो भन्दैनन । मेरा वडाका विद्यालयमा अनुगमन गर्दा जंग फुड खुवाएको भेटेको छैन । भेटिएमा प्रधानाध्यापकसंग स्पष्टिकरण लिन्छु । अवको शैक्षिक सत्रमा खाज ाव्यवस्थित गर्नु पर्छ । दिवा खाजा कार्यक्रमको अनुगमन गर्दा अव्यवस्थित भयो व्यवस्थित गर्न अन्तरक्रिया गरिएको हो । कयौ विद्यालयले शिक्षकलाई तलव खुवाउन वा खाजा बनाउने भान्से पाल्न खाजाको पैसाबाट निकालेको छन् । काम पवित्र होला तर मिलेनेको छैन । त्यसो गर्न हुदैन । अव साझेदार संस्थाहरले खाजाको लागि आवश्यक बजेटको कम्तिमा ३० प्रतिशत वजेट व्यवस्थापन गर्ने गरी कार्यक्रम बनाउनुस । अनि साझेदारी हुन्छ । आँउने आर्थिक वर्षबाट खाजाको लागि गाँउपालिकाले केही व्यवस्था गर्ने कुरा छ ।
सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालका केन्द्रीय सदस्य प्रमोदराज रुपाखेतीले कुनै पनि काम गर्दा नकारात्मक र सकारतत्मक पक्ष हुन्छ । सकारात्मक पक्षको प्रर्वद्धन गर्नुपर्छ । समस्याहरु आएपछि समाधान पनि खोज्नु पर्छ । सवै भन्दा पहिला अगुवाई गर्ने व्यक्ति वा पदाधिकारीको इच्छाशक्ति हुनु पर्छ । लादिएको कुनै पनि काम सफल हुदैन । सफल भई हालेपनि दिगो हुदैन । दिवा खाजा कार्यक्रम प्रभावकारी बनाउन वा व्यवस्थित गर्न अभिभावक, शिक्षक, विद्यालय व्यवस्थापन समिति, गाँउपालिका, संघसस्थाहरु एक ठाँउमा बसेर छलफल गर्नुको विकल्प छैन । स्थानीय सरकारले पहल कदमी लिनु पर्छ । गजुरी गाँउपालिका नै दिवा खाजामा नमुना बनाउने गरी काम गरौ भन्नु भयो ।
गजुरी र्गाँउपालिका अध्यक्ष गणेशलाल श्रेष्ठले खाद्य अधिकार सञ्जालले भानुभक्त मावि र केउनेरी आविमा दिवा खाजा कार्यक्रम अनुगमन गरी मेरो कार्यकक्षमा चैत २१ गते छलफल गर्नु आउनु भयो । छलफलमा प्रतिवेदन बुझाउनु भयो प्रतिवेदन हेरे । प्रअ र अनुगमनकर्ताको कुरा सुने । र खाद्य अधिकारको क्षेत्रमा काम गर्ने फियान नेपाललाई र शिक्षा शाखा सुजन भण्डारीलाई भने एउटा कार्यक्रम आयोजना गरौ । त्यही कार्यक्रम आज भयो । तर सवै प्रअले समस्या राख्नु भएन । किन राख्नु भएन मलाई थाहा भएन । विद्यालय खाजा व्यवस्थित नभएको कुरा सत्य हो भन्ने लागेर पनि होला । यस अघिका भएका कमीकम्जोरीबाट पाठ सिकेर अव खाजा व्यवस्थित बनाउनु पर्छ । अव्यवस्थित हुन अव छुट हुदैन । गजुरी गाँउपालिकाको शिक्षा स्वास्थ्य खानेपानी पहिलो शर्त हो । दिवा खाजा कार्यक्रम शिक्षा र स्वास्थयसंग सम्वन्धित छ । विद्यालयमा दिवा खाजा कार्यक्रम क्यान्टिनबाट खुवाउन पाइदैन । खाजा व्यवस्थापन गर्न गाँउपालिकाले समन्वय सहकार्य के गर्न पर्द गदर्छ । विद्यालयमा खाजा बनाउन भान्से चाहिने होला, भान्सा कोठा बनाउनु पर्ने होला, खानेपानी व्यवस्थापन गर्नु होला । यी सवै काम गर्छ । आँउने आर्थिक वर्षबाट खाजाका लागि बजेट वृद्धि भएन भने पनि गाँउपालिकाले थप्छ । तर दिवा खाजा व्यवस्थित हुने शर्तमा भन्नु भयो ।