FLASH NEWS

आजपनि सरकारी टोली र मिटरब्याज पीडित विच वार्ता

  • टोलटोलको खबर
  • अन्तराष्ट्रिय
  • प्रकाशित मिति:
  • २०७९ चैत्र २८, मंगलबार (१ साल अघि)
  • ६७

    Shares

आजपनि सरकारी टोली र मिटरब्याज पीडित विच  वार्ता

आज मिटरब्याज पीडित र गृह मन्त्रालयका प्रतिनिधिबीच पुनः वार्ता हुने भएको छ ।

मिटरब्याज विरुद्ध किसान–मजदुर संघर्ष समिति र गृह मन्त्रालयका सह-सचिव प्रदीप कोइरालाको नेतृत्वको सरकारी वार्ता टोली आज मङ्गलवार पनि वार्ता हुन लागेको जानाइएको छ ।

दुई दिनसम्म चलेको वार्तामा सहमति हुन नसके पछि आज मङ्गलवार वार्ता गरेर सहमतिमा पुग्ने प्रयास गरिने भएको छ ।

संघर्ष समितिले अघि सारेका मागका बारेमा आइतबार र सोमवार छलफल भए पनि सहमति नभए पछि आज मङ्गलवार पुनः छलफल गर्न लागिएको संयोजक अवधेश कुशवाहले जानकारी दिनु भयो ।

 

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस