३०१
Shares
धादिङ, २४ चैत्र ः काठमाण्डौमा चैत्र २८ गतेबाट सुरु हुन गइरहेको नेपाल उद्योग वाणिज्य महासंघको ५७ औ साधरण तथा निर्वाचनमा जिल्ला–नगर तर्फका कार्यकारिणी समिति खुल्ला सदस्य पदका उम्मेदवार वोधनाथ ढुवाडीले उद्योग वाषिज्य संघ जिल्ला–नगरको समस्यालाई राष्ट्रिय एजेण्डा बनाँउने बताउनु भयो । लाखौ व्यावसायीहरुको समस्या एकपछि अर्को थपिदै जाने र समाधानको लागि अहिलेसम्म कसैले पनि पहल नगरेकाले जिल्ला–नगरको समसया राष्ट्रिय एजेण्डा बनाँउा आफुले उम्मेदवारी दिएको ढुवाडीको दावी छ ।
साना तथा मझौला व्यावसायीहरुलाई परेको समस्याको सहि व्यवस्थापन नै एजेण्डा हो । साना तथा मझौला व्यावसायीहरुलाई कर सम्वन्धी कयौ समस्याहरु छन् । उहाँहरु राज्यलाई कर तिरिनरहनु भएको छ । व्यावसायीका समस्याहरु एकपछि अर्को थपिदै गएको छ । कर भ्याट, अन्तशुल्क, प्यान, राजश्वमा राष्ट्रिय जागरण ल्याई साना तथा मझौला एवं जिल्ला–नगरका व्यावसायीहरुको समस्या व्यवस्थापन तथा समाधान गर्न पहल गर्न ढिला भईसको कार्यकारिणी समिति सदस्यका उम्मेदवार ढुवाडीले बताए । अहिले साना तथा मझौला व्यावसायीहर वित्तिय संकटमा छन् । उपभोक्तासंग पैसा नभएका कारण व्यापार ठप्प जस्तै छ । उपभोक्ता विहान वेलुको जोहो गर्न नसक्ने अवस्था छ । व्यावसायीहरु बैकबाट ऋण लिन नपाएर व्यापार बढाउन सकेका छैनन । लिएको ऋणको व्याज तिर्न नसक्ने अवस्थामा पुगेका छन् । सहज ऋण लिने व्यवस्था र एकल विन्दुको व्याजदर बनाउन निरन्तर पैरवी गर्ने ढुवाडीले बताउनु भयो ।
२०४९ सालबाट व्यावसाय शूरु गरेका ढुवाडी अहिले ढुवाडी एग्रोभेटका प्रोपाइटर हुन । उहा नेपाल उद्योग वाणिज्य महासंघमा मेला समितिमा रहेर काम गरिरहेकाछन् । धादिङ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष दुवाडी दुई कार्यकाल संघमै महासचिव भई काम गरिसकेका छन् । नेपाल राष्ट्रिय पशुपंक्षी व्यावसायी संघको केन्द्रिय उपाध्यक्ष समेत भइसकेका दुवाडी यस अघि श्रोत परिचालन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्ष भईसकेकाछन् भने रेडियो विहानीको सञ्चालक संस्था सहिद स्मृति सञ्चार सहकारी संस्थाका संस्थापक समेत हुन ।
संस्थागत विकास र जिल्ला नगरको समस्या बुझेको उम्मेदवार मध्य एक जना उम्मेदवार धादिङ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष वोधनाथ ढुवाडी भएकाले नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभा तथा निर्वाचनमा जिल्ला–नगरको तर्फबाट कार्यकारिणी समितिको खुल्ला सदस्य पदका उम्मेदवारढुवाडीलाई मतदान गर्न धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष विष्णु प्रसाद थपलियाले अपिलर्नु भएको छ ।