FLASH NEWS

धुनिवेशीमा दिवा खाजा कार्यक्रम व्यवस्थित गर्न सरोकारवाला प्रतिवद्ध

  • टोलटोलको खबर
  • समाज
  • प्रकाशित मिति:
  • २०७९ चैत्र २४, शुक्रबार (१ साल अघि)
  • २९७

    Shares

धुनिवेशीमा दिवा खाजा कार्यक्रम व्यवस्थित गर्न सरोकारवाला प्रतिवद्ध

धुनिवेशी । खाद्य अधिकार सञ्जाल धुनिवेशीको आयोजनामा सरोकारवालाहरुसगं अन्तरक्रिया कार्यक्रम भएको छ ।

धुनिवेशी नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयमा नेपाल सरकारले सञ्चालन गरेको विद्यालय दिवा खाजा कार्यक्रमको व्यवस्थित गर्ने सम्बन्धमा सरोकारवालाहरुसगं नगरपालिकाको सभाहलमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । खाद्य अधिकार सञ्जाल धुनिवेशीले केही समय अगाडी दिवा खाजा कार्यक्रम अनुगमन गर्दा प्राप्त भएको प्रतिवेदन नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यलाई बुझाएको छ ।

प्रतिवेदन बुझ्दै नगर प्रमुख आचार्यले सबै सामुदायिक विद्यालयलाई प्रभावकारी रुपमा स्थानिय स्तरमा पाईने र निदेशिकामा उल्लेख भए अनुसारको दिवा खाजा खुवाउन र त्यसको प्रभावकारी रुपमा अनुगमन गर्न शिक्षा शाखालाई अनुरोध गर्नु भएको छ ।
खाद्य अधिकार सञ्जाल धुनिवेशीका अध्यक्ष सरिता आचार्यको अध्यक्षता रहेको कार्यक्रमा प्रमुख बालकृष्ण आचार्य,प्रमुख प्रशासकिय अधिकृत अच्युतराज रेग्मी,शिक्षा,युवा तथा खेलकुद विकास शाखाका प्रमुख सुजनराज खनाल लगायतको उपस्थिति रहेको थियो ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस