२५६
Sharesनेपालमा कोरोना संक्रमण ह्वात्तै बढ्न थालेको छ। शुक्रबार नेपालमा १ सय ४२ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ७९ जनाको नमुना परीक्षण गर्दा १सय ४२ जना संक्रमित पाइएको हो।
मन्त्रालयका अनुसार आरटी पीसीआर विधिबाट ३सय ८१ र एन्टीजेन विधिबाट ६सय९८ जनाको परीक्षण गरिएकोमा १सय ४२ जनामा संक्रमण पाइएको हो। तीमध्ये आरटी पीसीआर विधिबाट ४४ र एन्टीजेन विधिबाट ९८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।
देशमा हाल सक्रिय संक्रमितको संख्या १ सय ६३ रहेको पनि मन्त्रालयले जनाएको छ। संक्रमण बढेसँगै सानधानी अपनाउन मन्त्रालयले आग्रह गरेको छ।मास्कको प्रयोग गर्न र खोप लगान छुटेकाले खोप लगाउन मन्त्रालयले आग्रह गरेको छ।