FLASH NEWS

छैठाैं विश्व नेवा: दिवस मनाइँदै

  • टोलटोलको खबर
  • समाज
  • प्रकाशित मिति:
  • २०७९ चैत्र ११, शनिबार (१ साल अघि)
  • ९३

    Shares

छैठाैं विश्व नेवा: दिवस मनाइँदै

विश्वभरि रहेका नेवार समुदायले आज नेवा दिवस मनाउँदैछन् । वर्ल्ड नेवाः अर्गनाइजेशनको आह्वानमा मार्च महिनाको अन्तिम शनिबार विश्व नेवाः दिवस मनाउने गरिन्छ । विभिन्न देशमा रहेका नेवार संघसंस्थाले विभिन्न कार्यक्रम गरेर छैठौं विश्व नेवाः दिवस मनाउँदैछन् ।

नेवाः साहित्य, कला र संस्कृतिको सम्मान र यसको महत्वलाई अन्तर्राष्ट्रियकरण गर्न दिवस मनाउन थालिएको हो । दिवसको अवसरमा नेपाल, अमेरिका, संयुक्त अधिराज्य, भारत, जापान, बेल्जियम, न्युजिल्याण्ड लगायतका देशमा रहेको च्याप्टरले विभिन्न कार्यक्रम गर्ने वर्ल्ड नेवा अर्गनाइजेशनले जनाएको छ ।

यस्तै वर्ल्ड नेवा अर्गनाइजेशनले नेपाली समय अनुसार आज बेलुकी साढे ७ बजे विभिन्न देशमा रहेका नेवारहरुको सहभागितामा अन्तरक्रिया गर्न लागेको छ । काठमाण्डौ उपत्यका मूल थलो भएका नेवार समुदाय एउटा मूलबासी भाषिक समुदाय हो । सांस्कृतिक रूपले निकै सम्पन्न यो समुदायको आफ्नै भाषा र लिपि रहेको छ । नेपालमा सबभन्दा बढी खानाका प्रकार नेवाः समुदायमा नै छन् ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस