FLASH NEWS

धुनीवेसीले दिगो विकासका लागि टोल विकास संस्था परिचालन गर्ने

  • टोलटोलको खबर
  • कृषि
  • प्रकाशित मिति:
  • २०७९ चैत्र ४, शनिबार (१ साल अघि)
  • ४१२

    Shares

धुनीवेसीले दिगो विकासका लागि टोल विकास संस्था परिचालन गर्ने


जनतालाई विकासको मुल प्रवाहमा ल्याउन जनसचेतना, सहभागिता, उत्तरदायित्व र सुशासन हुन आवश्यक हुन्छ । यी काम गर्न सरकारले साझेदारी गर्न गैरसरकारी संस्थासंग सझोदारी गर्न आवश्यक छ र साझेदारी गरिरहेकाछौ नगर प्रमुख वालकृष्ण आर्चायले बताउनु भयो । सरकारले गर्ने काममा नै गैरसरकारी संस्थाहरले साझेदार गर्ने भएकाले फियान नेपालसंग साझेदारी भइरहेको छ । विकासलाई जनमुखी र जनसहभागिता गराई विकासलाई दिगो बनाउन टोल विकास संस्था परिचालन एक विधि हो भनेर संघिय सरकारले अघि सारेको छ । धुनीवेसी नगरपालिका पनि टोल विकास संस्था परिचालन मार्फत धनुनीवेसीका सवै परिवारलाई विकास साझेदारका रुपमा साझेदारी गर्न टोल विकास संस्थामा आवद्ध गराउछौ, धुनीवेसी नगरपालिका र फियान नेपालले संस्युक्त रुपमा आयोयजना गरेको खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्वन्धी ऐन कार्यान्वयन, स्थानीय सुशासन र खाद्य प्रणालाी सवलीकरणका लागि टोल विकास संस्था परिचालन कार्यक्रम विषयक अन्तरक्रियामा नगर प्रमुख आर्चायले बताउनु भयो । धुनीवेसीले देखिने र महशुस गर्ने गरी विकास गर्नु पर्छ भन्ने विषयमा छलफल गरी योजना अघि सारेका छौ । टोल विकास संस्था परिचालनले अवश्य सहयोगी भुमिका निर्वाह गर्ने विश्वास गरेका छौ । हामी यसै आवबाट टोल विकास संस्था परिचालन गर्ने कार्यक्रम अघि सार्छौ नगर प्रमुख आर्चायले भन्नु भयो ।
खाद्य अधिकार, स्वास्थ्य, शिक्षा, खानेपानी, स्थानीय रोजगारी सवै नागरिकको लागि आधारभुत कुरा हो । यी अधिकारका लागि सरकारले वातावरण बनाउनु पर्छ । सवै नागरिकलाई नगरपालिकाले दिनेसेवा सुविधा र विकास साझेदार बनाउन जनपरिचालन आवश्यक छ । त्यहसका लागि टोल विकास संस्था महत्वपूर्ण हुन्छ उपप्रमुख सुरज उप्रेतीले बताउनु भयो ।
विकासमा जनताको सहभागिताले मात्र सुशासन, उत्तरदायित्व भई दिगो विकास हुने भएकाले विकासका काममा व्यापक जनसहभागिता परिचालन गर्न टोल विकास संस्था परिचालन महत्वपूर्ण हुन्छ । नागरिकहरुको अधिकार पनि सनिश्चित हुने र सरकारको लक्ष्य पनि पुरा हुने निमित्त प्रमुख प्रशासकीय अधिकृत सुजनराज खनालल बताउनु भयो । जनताको आधारभुत अधिकार खाद्य अधिकार हो भने जस्तै सुशासन पनि जनताको लागि महत्वपूर्ण कुरा हो । विकासमा जनतालाई साझेदार बनाउनु टोल विकास संस्था आवश्यक रहेको वडा अध्यक्ष एंव सरकारा प्रवक्ता रमेश आर्चायले बताउनु भयो । नागरिक संंस्थाहरुको तर्फबाट खाद्य अधिकरा सञ्जालका सदस्य समेत रहेका फोकस नोपलका प्रतिनिधि रोशन नेपालले हरेक नागरिकलाई खाद्य अधिकर रहे जस्तै विकासमा सहभागि हुन पाउने अधिकार पनि रहेको छ । टोल विकास संस्था परिचालन मार्र्फत विकास गर्दा सुशासन कायम हुन गई दिगो विकास हो विश्वास व्यक्त गर्नु भयो ।
फियान नेपालका अध्यक्ष गोकर्ण रुपाखेतीले धुनीवेसीले धेरै राम्रा काम गरेको छ । अव विकासमा प्रत्येक परिवारलाई सहभागी गराउने कार्यक्रम बनाएर अझ उदारहणीय बन्न सक्योस भन्दै सहभागीहरुलाई स्वागत गर्नु भयो ।
कार्यक्रममा खाद्य तथा पोषण सुरक्षा रणनीति योजना कार्यान्वयनको अवस्था र हासिल भएका उपलव्धीहरुको विषयमा कृषि शाखा प्रमुख सन्तोष खडेकाले प्रस्तुत गर्नु भयो । खाद्य अधिकार तथा खाद्य सम्प्रभुताको अवधारण र ऐन कानूनले गरेको व्यवस्थाको वारेमा फियान नेपालका तिलक अधिकारीले प्रस्तुत गर्नु भयो । स्थानीय सुशासन र खाद्य प्रणाली सवलीकरणका लागि टोल विकास संस्था परिचालनका विषयमा फियान नेपालका विनोद प्रसाद पाण्डेले प्रस्तुत गर्नु भयो ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस