२४३
Sharesनिलकण्ठ बहुमुखी क्याम्पस धादिङबेसिमा नेविसंघसंग मिलेर एकलाैटी गरेकाे अाराेपमा तीन विद्यार्थी संगठनले तालाबन्दी गरेकाे छ । अनेरास्वावियु, अनेरास्ववियु (क्रान्तिकारी ) र राप्रविसंघले स्ववियु निर्वाचनकाे सन्दर्भमा प्रेस विज्ञप्ति प्रकाशन गरि क्याम्पसमा तालाबन्दी गरेकोे हाे ।
प्रत्यक्ष उम्मेदवार भएका व्यक्ति स्वावियु समानुपातिक लिष्टमा समेत नाम राखेर नेविसंघ संग मिलेमताे गरेकाे विद्यार्थी संगठनहरुले अाराेप लगाएकाे छ । प्रत्यक्षमा स्वतन्त्र उम्मेदवार दिएका उत्तम सिलवाल, शर्मिला अर्याल, र जीवन गिरिले उम्मेदवारी फिर्ता लिने समयमा फिर्ता नलिएकाे भएपनि नेविसंघसंग मिलेर समानुपातिकमा उनिहरुकाे नाम राखेकाे अाराेप अनेरास्ववियुका अध्यक्ष उम्मेदवार अमाेस थापा तामाङले बताउनुभयाे ।