३०४
Shares
जनताको घर घरसम्म पुग्ने पार्टी सुदृढिकरण गर्ने मिसन ग्रासरुट अभियानको क्रममा धादिङमा विभिन्न कार्यक्रमहरु आज सम्पन्न भएको छ । विभिन्न पालिकाहरुका वडा कमिटि बैठक र पुनर्गठन तथा गठनका कार्यक्रम संचालन भइरहेको नेकपा एमाले जिल्ला कमिटि उपसचिव राधिका सापकोटाले जानकारी दिनुभएको छ ।
गंगाजमुना गाउँपालिका:-
गंगाजमुना गाउँपालिका वडा नम्बर ५ फुलखर्कमा सोमबार वडा स्तरीय पार्टीको विस्तारित भेला तथा बैठक सम्पन्न भएको छ ।
नेकपा एमालेकोसंगठनसुदृढिकरणरविस्तार अभियान नाम दिएकोअभियानको क्रममा फुलखर्कमा आयोजित भेलालाईसम्बोधन गर्दै नेकपा एमाले केन्द्रीयसदस्य रुपनारायण श्रेष्ठले सबै पार्टी सदस्यले पार्टी वृहत पार्टीकोअवधारणा अनुसार काम गर्न आग्रह गर्नुभयो । गंगाजमुना वडा नम्बर ५ को वडा स्तरीय विस्तारित भेलाका प्रमुख अतिथि श्रेष्ठले जनताका लागि एमाले सरकारले ल्याएका कार्यक्रमहरुबाट स्वास्थ्यसेवा, स्थानीय योजनाहरु बनेको बताउनुभयो ।
भेलालाई नेकपा एमाले प्रदेश कमिटि सदस्य ध्रुब विक, नेकपा एमाले जिल्ला कमिटि उपाध्यक्ष धनबहादुर घले, सचिव अर्जुन श्रेष्ठ, गंगाजमुना गाउँपालिका कमिटिका अध्यक्ष भक्तबहादुर लामीछानेले भेलालाईसम्बोधन गर्नुभएको थियो ।
नीलकण्ठ नगरपालिका:-
नीलकण्ठ नगरपालिका वडा नम्बर ८ को वडा कमिटि बैठक तथा कार्यकर्ता भेला ससाहमा सम्पन्न भएको छ ।
जनताको पार्टी नेकपा एमाले भएकोले पार्टीमा रहेर योगदान गरेकाहरुलाई सम्मान गर्दै एमाले सरकारमा हुँदा ल्याइएकाराम्रा कामहरुलाई जनस्तरसम्म पुर्याएर प्रचार प्रसारगर्नका लागि आग्रह गर्दै नेकपा एमाले केन्द्रीय सदस्य कैलाश ढुंगेलले विकासका काममा जनताको सहभागिताका लागि पार्टीले भुमिका खेल्ने बताउनुभयो ।
ससाहमा आयोजित भेलाका प्रमुख अतिथि ढुंगेल, नेकपा एमाले प्रदेश कमिटि सदस्य डा.रामकुमार आचार्य, नरेश खतिवडा, नेकपा एमाले जिल्ला कमिटि उपसचिव राधिका सापकोटा, लगायतले सम्बोधन गर्नुभएको थियो ।
टोल स्तरमा जनताको घरदैलोमा पुग्नेगरि कार्ययोजना निर्माण भएको र नेकपा एमाले जनताको घरघरमा पुग्ने बताइएको छ ।
गल्छी गाउँपालिका
नेकपा एमाले गल्छी गाउँपालिका वडा नम्बर ३ को आमडाडामा वडा कमिटि विस्तारित बैठक सम्पन्न भएको छ ।
नेकपा एमाले केन्द्रीय सदस्य केशव स्थापितको प्रमुख आतिथ्यमा सम्पन्न वडा स्तरीय बिस्तारित बैठकले पार्टी कार्यकर्ताको मागको आधारमा टोल स्तरका कार्यक्रम संचालनबारे कार्ययोजना निर्माण भएको छ ।
कार्यक्रमलाई नेकपा एमाले प्रदेश कमिटि सदस्य शम्भु थापा, जिल्ला कमिटि सदस्य राजेन्द्र विक्रम बस्नेत, नेकपा एमाले गल्छीका अध्यक्ष केदार खतिवडा, नेकपा एमाले जिल्ला कमिटि सदस्य राधा तिमल्सीना लगायतले सम्बोधन गर्दै विकासको काम एमाले बाहेकले नगरेको र एमालेले मात्र गर्ने बताउनुभयो ।
अनियमितता विरुद्ध युवासंगको प्रेस विज्ञप्ती:-
राष्ट्रिय युवासंघ नेपाल धादिङले सोमबार एक प्रेस वित्रप्ती प्रकाशन गर्दै रुबीभ्याली गाउँपालिका वडा नम्बर १ मा भएको अनियमितताको भण्डाफोर गरेको छ ।
रुबीभ्यली गाउँपालिका वडा नम्बर १ मा लिंजो स्वास्थ्य इकाइ भवन, लिंजो खेलकुद मैदान, पुरु महिला सामुदायिक भवन, पुरु वडा सम्पर्क कार्यालय भवन, लब्दुङ महिला सामुदायिक भवन, वडा कार्यालय भवन सार्वजनिक स्थान वा सम्बन्धीत सार्वजनिक निकायको नाममा हुनु पर्नेमा नभएको र व्यक्तीकोनाममा भएकोले अबिलब्ध स्थानीय सरकारको नाममा ल्याउन माग गरेको छ।
सार्वजनिक निकायका भवनहरु व्यक्तको नाममाहुननहुने भएपनि यसअघिका वडा अध्यक्षले आफ्ना पार्टीका कार्यकर्ता रनातेदारको नाममा सार्वजनिक निकायको संरचना निर्माण गरेको आरोप लगाउँदै स्थानीयसरकारकोनाममानल्याए संघर्षका कार्यक्रम गर्ने युवासंघ नेपालले विज्ञप्तीमा उल्लेख गरेको छ ।
राष्ट्रिय युवा संघका जिल्ला सचिव हरीशरण जमकट्टेल र बागमति प्रदेश कमिटि सदस्य पिटर तामाङले हस्ताक्षर गरि विज्ञप्ती प्रकाशन गरेको हो।