२४२
Sharesधुनिबेशी । धादिङको धुनिबेशी नगरपालिकामा भेडा बाख्राहरुको लागि पि पि आर खाेप कार्यक्रम सुरु गरिएको छ।
नगर उप प्रमुख सुरज उप्रेतीले खाेपकर्ताहरुलाई खाेप तथा लजिस्टिक सामाग्री हस्तान्तरण गर्दै उक्त कार्यक्रम सुरु गरिएको हो।
यो रोग पारामिकसोडि मोखिली भाइरस प्रजातीको विषाणुको संक्रमणबाट बाख्रा प्रजातीको घातक रोग मानिन्छ ।
यो रोगको संक्रमण गराउने विषाणु बंशाणुगत रुपमा गाई भैसिमा देखिने गोगोटि रोग लगाउने विषाणुसँग मिल्दो जुल्दो हुने र यो रोग देखिदाको अबस्थामा बथानमा नब्बे प्रतिसत पशु प्रभावित हुन्छन् भने प्रभावित पशु मध्ये पचास देखि ८० प्रतिसत बिरामीहरुमा मृत्यु दर हुने गर्दछ तेसैले
धुनिबेशी नगरपालिका भित्रका सम्पूर्ण भेडा बाख्राहरुलाइ रोग बाट बचाउनको लागि यो कार्यक्रम सुरु गरिएको धुनिबेशी नगरपालिकाका पशु सेवा शाखाका प्रमुख टंक कटुवालले बताउनु भयो। नगर उप प्रमुख उप्रेतीले पनि खोप लगाउन खटियका प्राबिधिक हरुलाई नगर भित्रका कुनै पनि भेडा भाख्रा हरुलाई नछुटाई खोप लगाउन र सबै नगर वाशी हरुमा आ आफ्नो भेडा बाख्रा लाइ खोप लगाई स्वस्थ राख्न पनि आग्रह गर्नु भयो।