FLASH NEWS

रोजगार सेवा केन्द्र थाक्रे गाउपालिकाको आयोजनामा अभिमुखी कारण कार्यक्रम गरियो

  • टोलटोलको खबर
  • समाज
  • प्रकाशित मिति:
  • २०७९ फागुन १६, मंगलबार (१ साल अघि)
  • ४९०

    Shares

रोजगार सेवा केन्द्र थाक्रे गाउपालिकाको आयोजनामा अभिमुखी कारण कार्यक्रम गरियो

थाक्रे।  धादिङको थाक्रे गाउपालिकामा अभिमुखी कारण कार्यक्रम भएको छ। रोजगार सेवा केन्द्र थाक्रे गाउपालिकाको आयोजना मा श्रम को सम्मान राष्ट्रको अभियान न्युनतम रोजगार नागरिकको अधिकार भन्ने नाराको साथ् प्रधानमन्त्रि रोजगार कार्यक्रमको युवा रोजगारीको लागि रुपान्तरण पहल आयोजनामा श्रम को सम्मान रास्ट्रको अभियान सम्बन्धि वडाका जनप्रतिनिधि नागरिक समाज १८ देखि ५९ वर्ष उमेर समुहका नागरिक तथा अन्य सरोकार वालाहरुलाई अभिमुखीकरण कार्यक्रम गरिएको रोजगार सेवा केन्द्र थाक्रे गाउपालिकाको संयोजक दिपा घिमिरेले बताउनु भयो। थाक्रे गाउपालिकका उपाध्यक्ष यन्त्र बहादुर थापा (जिन्दगि ) को सभा अध्यक्षयमा भएको उक्त कार्यक्रममा थाक्रेको वडा नम्बर १ देखि ११ सम्मका ५ /५ जना नागरिक समाजका अगुवा हरु को सहभागिता रहेको थियो।
कार्यक्रममा रोजगार सेवा केन्द्र थाक्रे गाउपालिकाको संयोजक दिपा घिमिरेले प्रधानमन्त्रि रोजगार कार्यक्रम भनेको केहो यसका उदेश्य हरु केके हुन् लगाएत प्रधानमन्त्रि रोजगार सम्बन्धि जानागारी गराउनु भएको थियो। भने भने रोजगार सेवा केन्द्रका प्राबिधिक माधब जोसीले फारम कसरि भर्ने केके काम हरु हुन्छन लागएत को जानकारी गराउनु भएको थियो। कार्यक्रममा पालिकाका उपाध्यक्ष यन्त्र बहादुर थापा (जिन्दगि )ले बेरोजगार भएर बसेका हरुको लागि निकै राम्रो काम भएको भन्दै बेरोजगार भएर बसेका हरुलाई यस कार्यक्रममा सुचिकृत हुन् आग्रह गर्नुभयो।
आन्तरिक रोजगार सिर्जना गरी १८ देखि ५९ वर्षभित्रका बेरोजगारलाई न्यूनतम रोजगारी दिने भन्दै २०७५ फागुन मा सरकारले ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ घोषणा गरेको थियो । बेरोजगार व्यक्तिलाई एक सय दिनको न्यूनतम रोजगार दिने कार्यक्रमको लक्ष्य रहेको र
चार वर्षअगाडि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ७ सय ५३ वटै स्थानीय तहमा स्थापना हुने रोजगार सेवा केन्द्रमार्फत बेरोजगार युवालाई रोजगार उपलब्ध नीति बनाएको थियो । कृषि, सहकारी, पशु विकास, ऊर्जा, सिँचाइ, नदी नियन्त्रण, खानेपानी, सरसफाइ, वन तथा वातावरण, पर्यटन, सडक यातायातलगायतका क्षेत्रलाई कार्यक्रमले रोजगार सिर्जनाका सम्भावित ठाउँ मानेको छ।

 

 

 

 

 

 

 

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस