FLASH NEWS

थाक्रे गाउँपालिकामा आज गाउँ सभा तथा बाह्रौ अधिवेशन भयो

  • टोलटोलको खबर
  • समाज
  • प्रकाशित मिति:
  • २०७९ फागुन १५, सोमबार (१ साल अघि)
  • २०८

    Shares

थाक्रे गाउँपालिकामा आज  गाउँ सभा तथा बाह्रौ अधिवेशन भयो

थाक्रे।   धादिङको थाक्रे गाउँपालिकाले आज गाउँ सभा तथा बाह्रौ धिवेशन गरिएको छ । सोमबार गाउँपालिकाले चालू आर्थिक बर्ष ०७९/८० को हाल सम्मको प्रगति विवरण तथा विभिन्न निर्णय गर्दै गाउँपालिकाको १२औं अधिवेशन गरेको हो ।

गाउँ सभामा आ.व. २०७९/८० को योजना तथा बजेट रकमान्तर, संशोधन सम्बन्धि विवरण तथा चालू आर्थिक बर्ष ०७९/८० को अहिले सम्मको प्रगति विवरण गाउँपालिका अध्यक्ष रामकुमार आचार्यले प्रस्तुत गर्नु भएको थियो ।

गाउँ सभामा पेस भएका संशोधित विनियोजन विधेयक २०७९, संशोधित आर्थिक विधेयक २०७९, कार्यपालिकाबाट संशोधन भएका योजनाहरुको अनुमोदन तथा वडा कार्यालय र गाउँपालिकाबाट संशोधन भएका योजना तथा कार्यक्रमहरु, थाक्रे गाउँपालिकाको आर्थिक सहायता कार्यविधि २०७९, अटो तथा विद्युतीय रिक्सा सञ्चालन, व्यवस्थापन तथा नियमित सम्बन्धि कार्यविधि २०७९, थाक्रे गाउँपालिकाको आन्तरिक आय संकलन (ठेक्का बन्दोबस्त) कार्यविधि, थाक्रे गाउँपालिकाको कर्मचारी प्रोत्साहन सम्बन्धि कार्यविधि २०७९, थाक्रे गाउँपालिकाको कार्यसञ्चालन निर्देशिका २०७९ र वडा सदस्य रामशरण खड्काको निधनमा शोक प्रस्ताव पारित गरि सभाबाट विधेयक तथा निर्देशिकाहरु बहुमतले पास भएको उपाध्यक्ष यन्त्र बहादुर थापा (जिन्दगी) ले बताउनु भयो ।

गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष यन्त्र बहादुर थापा, प्रमुख प्रशासकीय अधिकृत सबिन सिहं चौधरी,११ वटै वडाका वडाध्यक्षहरु, कार्यपालिका सदस्य, वडा सदस्यहरु लगाएतको सहभागिता रहेको थियो ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस