४२४
Sharesधुनिबेशी। धुनिबेशी नगरपालिकाले नगरभित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा २०७८ सालको एसईइ परिक्षामा उत्कृष्ट हुन सफल विद्यार्थी, शिक्षक, विद्यालय तथा अवकाश प्राप्त शिक्षक कर्मचारीलाई सम्मान गरेको छ ।
आज शुक्रबार एक कार्यक्रमका विचमा नगरपालिकाले एसईई परिक्षामा उत्कृष्ट हुन सफल विद्यार्थी, शिक्षक, विद्यालय तथा अवकाश प्राप्त शिक्षक कर्मचारीलाई सम्मान गरेको शिक्षा,युवा तथा खेलकुद शाखाका प्रमुख सुजनराज खनालले बताउनु भयो । कार्यक्रममा अवकाश प्राप्त शिक्षक तथा कर्मचारी ५ जनालाई सम्मान गरिएको छ तेस्तै शिक्षक तर्फवाट एसईई मा उत्कृष्ट नतीजा ल्याउन सफल विषयगत शिक्षक ११ जनालाई सम्मान गरिएको छ ।
त्यसै गरी एसईई मा उत्कृष्ट नतीजाल्याउने ७ जना विद्यार्थीलाई नगद १० हजार सहित प्रमाणपत्रले सम्मान गरिएको छ । यसरी प्रदान गरिएको सम्मानमा करुवा, दोसल्ला प्रसंसा तथा सम्मान पत्रले रहेको नगरपालिकाले जनाएको छ ।
कार्यक्रममा माध्यमिक तह अन्तर्गत एसईई परिक्षा २०७८ मा उत्कृष्ट नतिजा ल्याएर प्रथम भएको महादेबस्थान माध्यमिक विद्यालयलाई रु. एक लाख १ सय ११ नगद र प्रसंसा पत्रले सम्मान गरेको शिक्षा,युवा तथा खेलकुद शाखाका प्रमुख खनालले बताउनु भयो ।
धुनिबेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्यको अध्यक्षता,उपमेयर सुरज उप्रेती आथित्यता,प्रमुख प्रशासकीय अधिकृत अच्युत रेग्मी, विभिन्न वडाका वडा अध्यक्षहरु, नगर शिक्षा समितीसदस्यहरु,सामाजिक विकास समितीका सदस्यहरु, विद्यालय व्यावस्थापन समिती अध्यक्षहरु, विभिन्न विद्यालयका प्रअ तथा शिक्षकहरुको सहभागीता रहेको थियो ।